एमसीसी पारित भएपछि अमेरिकन सक्रियता बढ्यो : झलनाथ खनाल « Khabarhub

एमसीसी पारित भएपछि अमेरिकन सक्रियता बढ्यो : झलनाथ खनाल


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालप्रति वैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् ।

अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए पछि अमेरिकन सक्रियता र चासो पनि थप बढेको नेता खनालले जनाएका छन् ।

आज बिहान काठमाडौँमा आयोजित ३० औं मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै एमसीसी पारित भए पछि अमेरिकन नेताहरु तारान्तर नेपाल आउन थालेको उनको दाबी छ।

‘एमसीसी पारित भए पछि अमेरिकन नेताहरु तारान्तार नेपाल आउन थालेका छन्, उनीहरु आउने बित्तिकै सुरुमा तिब्बतियनहरुलाई भेट्न पुग्छन र गृहमन्त्रीलाई भेटेर उनीहरुको परिचय पत्र बनाउन लगाउँछन्,’ उनले भने, ‘यो सब बिषयलाई गम्भिर रुपमा हेर्नुपर्छ, अमेरिकनहरुबाट खुल्लम खुल्ला रुपमा यस्तो वैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन ।’

पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखेल थप बढेको उल्लेख गर्दै नेता खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने जनाए । भण्डारीले वैदशिक हस्तक्षेपकाविरुद्ध डटेर सामना गर्नका लागि सदैव प्रेरणा दिने गरेको पनि खनालले स्मरण गरे।

नेकपा एमाले विभाजन गरेर अलग भए पछि खुलेरै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का विपक्षमा उभिँदै आएका खनालले वामपन्थी एकता कायमै राख्न सकेमा सात वटै प्रदेशमा कम्युनिष्टहरुको सरकार बन्ने भन्न छुटाएनन् । ‘बामपन्थीहरु बिच एकता कायम गर्ने हो भने सातै प्रदेशमा कम्युनिष्टहरुको सरकार बन्दछ, मदन भण्डारीले कम्युनिष्ट एकताका लागि सदैव त्याग गर्नु भएको थियो, उहाँबाट यो पाठ सिक्नु पर्छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सही ढंगले टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । ‘यो काण्डलाई अपराध मात्र भनेर सीमित गर्नु हुँदैन, यो राष्ट्र घात र देशद्रोही कार्य हो, ’ खनालको भनाई छ । प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने जनाउँदै खनालले त्यसमा राजनीतिक हस्तक्षेप हुन नहुने पनि बताएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ९ : ५६ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने