सल्यान र महोत्तरीबाट भरुवा बन्दुकसहित चारजना पक्राउ « Khabarhub

सल्यान र महोत्तरीबाट भरुवा बन्दुकसहित चारजना पक्राउ


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सल्यान र महोत्तरीबाट भरुवा बन्दुकसहित चारजना पक्राउ परेका छन् । सल्यानको कालिमाटी गाउँपालिका-६ सिरेनी बस्ने ५५ वर्षीय प्रेम बहादुर घर्तीलाई भरुवा बन्दुक १ थान र बारुद भर्ने रड  १ थानसहित  प्रहरीले पक्राउ गरेको छ ।

घर्तीले घर नजिकैको जंगलमा भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी घुइँयाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक र रडसहित फेला पारी पक्राउ गरेको हो । 

महोत्तरीको बर्दिबास नगरपालिका-११ स्थित बनपथ राष्ट्रिय वनबाट भरुवा बन्दुक दुई थानसहित सर्लाही ईश्वरपुर नगरपालिका-१२ बस्ने ३५ वर्षीय लाल बहादुर भोलनसमेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले जंगली जनावरको शिकार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।  

 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ३ : ०१ बजे

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल

अस्पतालमा भर्ना नलिई फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि

‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले

हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प

जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो