सडक दुर्घटनाको जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन काठमाडौँ महानगरसँग रेडक्रसको आग्रह | Khabarhub Khabarhub

सडक दुर्घटनाको जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन काठमाडौँ महानगरसँग रेडक्रसको आग्रह


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले आगामी बजेट तर्जुमा गर्दा सडक दुर्घटनाबाट हुने जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन काठमाडौँ महानगरपालिकासँग आग्रह गरेको छ ।

काठमाडौँ जिल्ला शाखाअन्तर्गत रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा सञ्चालन भइरहेको नयाँ पुस्ताका लागि सडक सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रमको आज भएको समीक्षा बैठकले सडक सुरक्षाका निम्ति महानगरले आगामी बजेट तर्जुमा गर्दा त्यससम्बन्धी व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको हो ।

काठमाडौँ महानगरले आफ्नो क्षेत्रभित्रका विद्यालयमा प्रत्येक शुक्रबारलाई बुक फ्रि फ्राइडेको अवधारणामा अगाडि बढाइरहेको र अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको अवस्थामा विद्यार्थीलाई सडक सुरक्षासम्बन्धी ज्ञान दिन सकिएको अवस्थामा धेरै सहयोग पुग्ने बैठकको ठहर छ ।

अन्य सरोकारवाला सडक सुरक्षासम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न इच्छुक रहेकाले रेडक्रसबाट सञ्चालित कार्यक्रमले सकारात्मक प्रभाव छोड्न सफल रहेको बैठकको ठहर रहेको छ ।

सन् २०२२ को मे महिनादेखि सुरु भएको नयाँ पुस्ताका लागि सडक सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रमको वार्षिक प्रगति विवरण पेस गर्दै कार्यक्रम सञ्चालित २१ वटा विद्यालयका शिक्षक तथा विद्यार्थी, पत्रकार र जिल्लास्तरका अन्य सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रमको स्पष्ट लक्ष्य र उद्देश्य भनेको किशोरकिशोरीलाई सडकमा हुने जोखिमपूर्ण व्यवहारका बारेमा सिकाउनु र दुर्घटनाबाट कसरी जोगिने भन्ने कुरा सिकाउनु तथा दुर्घटना भइहालेको अवस्थामा त्यसको प्रतिकार्य गर्ने सीपको विकास गर्नु हो ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ८ : ४२ बजे

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ। बिहीबारको बैठकमा पनि

आज २०८१ साल जेठ ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ४ गते शुक्रबार तदनुसार

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो