सडक दुर्घटनाको जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन काठमाडौँ महानगरसँग रेडक्रसको आग्रह « Khabarhub

सडक दुर्घटनाको जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन काठमाडौँ महानगरसँग रेडक्रसको आग्रह


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले आगामी बजेट तर्जुमा गर्दा सडक दुर्घटनाबाट हुने जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन काठमाडौँ महानगरपालिकासँग आग्रह गरेको छ ।

काठमाडौँ जिल्ला शाखाअन्तर्गत रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा सञ्चालन भइरहेको नयाँ पुस्ताका लागि सडक सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रमको आज भएको समीक्षा बैठकले सडक सुरक्षाका निम्ति महानगरले आगामी बजेट तर्जुमा गर्दा त्यससम्बन्धी व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको हो ।

काठमाडौँ महानगरले आफ्नो क्षेत्रभित्रका विद्यालयमा प्रत्येक शुक्रबारलाई बुक फ्रि फ्राइडेको अवधारणामा अगाडि बढाइरहेको र अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको अवस्थामा विद्यार्थीलाई सडक सुरक्षासम्बन्धी ज्ञान दिन सकिएको अवस्थामा धेरै सहयोग पुग्ने बैठकको ठहर छ ।

अन्य सरोकारवाला सडक सुरक्षासम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न इच्छुक रहेकाले रेडक्रसबाट सञ्चालित कार्यक्रमले सकारात्मक प्रभाव छोड्न सफल रहेको बैठकको ठहर रहेको छ ।

सन् २०२२ को मे महिनादेखि सुरु भएको नयाँ पुस्ताका लागि सडक सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रमको वार्षिक प्रगति विवरण पेस गर्दै कार्यक्रम सञ्चालित २१ वटा विद्यालयका शिक्षक तथा विद्यार्थी, पत्रकार र जिल्लास्तरका अन्य सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रमको स्पष्ट लक्ष्य र उद्देश्य भनेको किशोरकिशोरीलाई सडकमा हुने जोखिमपूर्ण व्यवहारका बारेमा सिकाउनु र दुर्घटनाबाट कसरी जोगिने भन्ने कुरा सिकाउनु तथा दुर्घटना भइहालेको अवस्थामा त्यसको प्रतिकार्य गर्ने सीपको विकास गर्नु हो ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ८ : ४२ बजे

खगेन्द्र सुनारलाई नयाँ केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले नेता खगेन्द्र

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं– मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन– माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका

‘विस्थापित सुकुम्वासीले तीन महिनाभित्र लालपुर्जा पाउँछन्’

सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनारमा अवस्थित सुकुम्वासी वस्ती हटाएर त्यहाँ