खानेपानी आयोजनाको अवलोकन गर्न प्रधानमन्त्री दाहाल मेलम्चीमा « Khabarhub

खानेपानी आयोजनाको अवलोकन गर्न प्रधानमन्त्री दाहाल मेलम्चीमा


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मेलम्ची– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची पुगेका छन् ।

प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका छन् । 

गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आएका छन् । प्रधानमन्त्रीको साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव पनि रहेका छन् ।

दिनभर सिन्धुपाल्चोकमा रहने प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको अवस्थाबारे जानकारी लिनेछन्। साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया पनि गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्डसहितको टोलीलाई अम्बाथान क्याम्पमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशकले आयोजना सम्बन्धी ‘ब्रिफिङ’ गर्ने कार्यक्रम छ।

विसं २०७८ साल असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो ।

काठमाडौँ उपत्यकामा विद्यमान खानेपानी अभावको दिगो एवं दीर्घकालीन रुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ । सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याइने गरिएको छ ।

विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो । विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो ।  

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १२ : १२ बजे

एनबीए फाइनलमा ट्रम्पविरुद्ध दर्शकको चर्को हुटिङ र नाराबाजी 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीए फाइनलको खेल हेर्न पुगेका

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

महेन्द्रनगर– सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव

नतिजा देखिने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका

गृहमन्त्रीमा फर्किँदै सुधन गुरूङ, दिउँसो ३ बजे शपथ

काठमाडौं– गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरूङ गृहमन्त्रीमा

पूर्वाधार मन्त्रालयको बजेट वितरणमा विगतकै जस्तो असमानता, केही जिल्लामा अति धेरै, केहीमा अति न्यून

काठमाडौं– भौतिक विकास मन्त्रालयको बजेट वितरणमा निकै असमानता देखिएको छ