समाजवादी मोर्चाको कुनै औचित्य छैन : ओली | Khabarhub Khabarhub

समाजवादी मोर्चाको कुनै औचित्य छैन : ओली


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसंग मुकावला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको बताएका छन् ।

शनिबार ललितपुरको च्यासलस्थीत एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले समाजवादी मोर्चाको कुनै औचित्य नभएको भन्दै एमालेसंग मुकावला गर्न र कांग्रेसलाई तर्साउन मोर्चाको चर्चा भइरहेको बताएका हुन् ।

उनले गठबन्धनले नपुगेर समाजवादी मोर्चा बनाउन लागिएको र यसमा एमालेको कुनै रुची नभएको जिकिर गरे। ओलीले अहिले केहि दलले जनतालाई भड्काउने र राजनीतिक वितृष्णतर्फ अघि बढाउने काम गरिरहेको भन्दै यसले कसैलाई पनि फाइदा नपुग्ने उल्लेख गरे । अहिले देशको रक्षा गर्नुपर्ने भएकाले मुलुकको स्वाभिमान छाडेर विदेशीका सामू लम्पसार पर्ने नभई समानताका आधारमा कुरा गर्न सक्नुपर्ने उनले बताए । ओलीले एमालेको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा सहित धेरै राम्रा काम गरेपनि राम्रा कामको प्रचार हुन नदिने र भ्रम छर्ने काम मात्रै भएको गुनासो गरे ।

ओलीले आफ्नो अभिव्यक्ति तथ्यका आधारमा राख्ने गरेको भन्दै बिना प्रमाण आधार कसैलाई पनि झुटो आरोप लगाउने काम नगरेको दाबी गरे ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : २० बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा