राष्ट्रिय महिला फुटबल टिम स्वदेश फिर्ता | Khabarhub Khabarhub

राष्ट्रिय महिला फुटबल टिम स्वदेश फिर्ता


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँबंगलादेशमा मैत्रीपूर्ण सिरिजको उपाधि जितेको राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । 

सोमबार मध्यान्ह स्वदेश फर्किएको राष्ट्रिय महिला फुटबल टिमलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीहरूले स्वागत गरेका थिए । बंगलादेशमा दुई मैत्रीपूर्ण म्याचको सिरिज खेलेर नेपाली टिम घर फर्किएको हो । दुवै खेलमा बराबरी खेलेको नेपालले टाईब्रेकरमा घरेलु टोली बंगलादेशलाई पराजित गर्दै फिफा मान्यताको मैत्रीपूर्ण सिरिज हात पारेको थियो । 

स्वदेश फर्किएपछि राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक अनन्त थापाले बंगलादेशको होम ग्राउण्डमा पराजित गर्नु उपलब्धि भएको र यसले खेलाडीहरूको मनोबल बढेको बताए । मैत्रीपूर्ण सिरिजमा नेपाली खेलाडीहरूको कमी कमजोरी अध्ययन गर्ने मौका पाएकाले आगामी प्रतियोगिताका थप सुधारका साथ खेल्ने उनले बताए ।

त्यस्तै राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलेको तुलनामा अहिलेको प्रदर्शन कमजोर नै देखिएको बताए । उनले सिरिजको उपाधि जित्नु खुसीको कुरा भएपनि आगामी दिनमा थप मजबुत हुनुपर्ने धारणा राखे ।

त्यस्तै राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्री भण्डारीले यसअघि भएका गल्तीलाई सुधार गर्दै बंगलादेशसंग खेलेको बताए । उनले आगामी खेलमा थप सुधारका साथ अघि बढ्ने जिकिर गरे ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  २ : ४२ बजे

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति

वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन : सभापति देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक