उत्तर कोरियाले अर्को आणविक परीक्षण गरे आश्चर्य हुन्न : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार « Khabarhub

उत्तर कोरियाले अर्को आणविक परीक्षण गरे आश्चर्य हुन्न : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी प्रशासन ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले उत्तर कोरियाले अर्को आणविक परीक्षण गरेमा कुनै आश्चर्य नहुने टिप्पणी गरेका छन् ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उत्तर कोरियाले आणविक परीक्षण गरे कुनै आश्चर्य नहुने बताएका हुन् । “मलाई लाग्छ उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षण गर्नेछ र म यसबारे चिन्तित छु,” राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सीबीएसलाई ‘फेस द नेशन’ नामक कार्यक्रमलाई दिएको एक अन्तवार्तामा भने ।

उनले भने, “म तत्काल त्यस्तो कुनै सङ्केत देख्दिनँ । तर उत्तर कोरियाले आफ्नो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र क्षमताको सन्दर्भमा अर्को आणविक परीक्षण अघि बढायो भने यो कुनै आश्चर्यको विषय हुनेछैन ।”

सुलिभानले प्योङयाङले केही वर्षअघि नै आफ्नो आणविक क्षमताको परीक्षण शुरु गरेको र उनीहरूले यस क्रमलाई जारी राखेको बताए ।

उत्तर कोरियाका नेता किम जोङ उनले प्रत्यक्ष निरीक्षण गरेको आफ्नो देशको सबैभन्दा नयाँ आईसीबीएमको सफल परीक्षण गरेको उत्तर कोरियाले बिहीबार जनाएको छ ।

यसअघि एक पटक मात्र परीक्षण गरिएको ह्वासोङ–१८ क्षेप्यास्त्र ले छ हजार ६४८ किलोमिटरको उचाईमा एक हजार १ किलोमिटर उडेर पूर्वी सागरमा खसेको कोरियाली केन्द्रीय समाचार संस्था केसीएनएले जनाएको छ ।

उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध कमजोर अवस्थामा छ । गत वर्ष किमले आफ्नो देशलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति भएको घोषणा गरेका थिए । सामरिक आणविक हतियारसहित हतियार उत्पादन बढाउन आह्वान गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका र फ्रान्सलगायत उसका मित्र राष्ट्रहरूले बुधबारको प्रक्षेपणको कडा निन्दा गरेका छन् ।

सुलिभानले प्योङयाङसँग वार्ताका लागि वासिङ्टनको प्रस्ताव दोहो¥याउँदै राष्ट्रपति जो बाइडेनको प्रशासन आफ्नो आणविक कार्यक्रमबारे कुनै पूर्वशर्तबिना बसेर वार्ता गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ४ : २५ बजे

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट