बाढीमा बेपत्तालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस « Khabarhub

बाढीमा बेपत्तालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

संखुवासभा – सङ्खुवासभामा गत असार २ गते राति अविरल वर्षापछि आएको बाढीमा बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरामा परेर बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बाढीमा परी जिल्लाका विभिन्न स्थानका २० जना बेपत्ता भए भएका थिए ।

बेपत्ता खोजी कार्यका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो । बाढीमा पुरिएको वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र प्रहरीको तालिमप्राप्त कुकुर लगाएर खोजी गर्दा फेला पार्ने नसकेपछि समितिको बैठकले मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो । बेपत्ता भएका २० जनामध्ये एक जनाको एक महिनापछि शव फेला परेको प्रहरीले जनाएको छ ।

गत असार २ गतेदेखि हालसम्म निरन्तर रूपमा खोज तलास गर्दासमेत केही चिनोसमेत नभेटिएपछि अब मृतक सरह नै सरकारबाट राहत सुविधाका लागि अन्तिम नामावली गृह मन्त्रालय पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए । लामो समय खोज तथा उद्धारको कार्यमा लागे पनि हालसम्म उनीहरूको अवस्था अज्ञात रहेकाले उनीहरूलाई मृतक सरह राहत उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको प्रजिअ कार्कीको भनाइ छ ।

बाढीमा परी सुपर हेवाखोला हाइड्रोपावरका १६, अपरहेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्स्ट्रक्सन (सडक निर्माण कम्पनी) का एक जना र पहिरोमा परी सभापोखरी–३ सुनाम्लामा दुई जना गरी हालसम्म २० बेपत्ता रहेका छन् । उनीहरूलाई अब मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरिएको हो ।

बाढीपहिराले सङ्खुवासभामा २९ घर विस्थापित भएका छन् । तीमध्ये १४ घर पूर्ण क्षति र १५ घरमा आंशिक क्षति भएको छ । बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लाभर पुल, नहर गरी २८ वटा भौतिक क्षति भएका छन् भने ठूला आयोजनाअन्तर्गतका सडक, पक्की पुल र झोलुङ्गे पुल गरी १३ वटा क्षति भएको छ । हेवाखोलाको पक्की पुल बगाउँदा पाँचखपन र चैनपुरको आवतजावत नै बन्द भएको छ ।

जिल्लाभर सुपरहेवा हाइड्रोपावर, अपरहेवा हाइड्रोपावर, पिलुवाखोला हाइड्रोपावर, मायाखोला हाइड्रोपावर, रिभर फल्स हाइड्रो पावर, शुभम् पावर हाइड्रो, लङखुवा हाइड्रो पावर, अरुण तेस्रो अडिट–२ आम्राङलगायत १३ हाइड्रो पावरमा करोडौँ रूपैयाँ बराबरको क्षति भएको छ भने तीन वटा ठूला खानेपानी आयोजनामा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ९ : ४८ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको