विद्यार्थी, पर्यटक र कामदारको भेषमा चिनियाँ जासुस « Khabarhub

विद्यार्थी, पर्यटक र कामदारको भेषमा चिनियाँ जासुस


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

चीनले पर्यटक, कामदार र विद्यार्थीको प्रयोग गरी अन्य मुलुकमा जासुसी गर्ने गरेको पाइएको छ । विद्यार्थी, पर्यटक र कामदारका रुपमा अन्य देशमा रहेका चिनियाँ नागरिकले जासुसी गर्ने गरेको खुलासा भएको हो ।

हालै पर्यटकको भेषमा रहेका चिनियाँ जासुसले अमेरिकाको अलास्कामा रहेको फोर्ट वायनराइट सैन्य आधारमा घुसपैठको प्रयास गरेका थिए । उनीहरुको साथमा ड्रोनसमेत रहेको पाइएको छ । उनीहरुले त्यहाँ राखेको उपकरणबाट संवेदनशील जानकारी हासिल गर्न सकिने अमेरिकी सेनाका पूर्ववरिष्ठ अधिकारी डेभिड डेम्टुलाले जनाएका छन् ।

त्यस्तै, केही समयअघि हङकङमा जारी चिनियाँ दमनबारे बेलायतको संसदीय समितिमा सुनुवाइ भइरहँदा एक जना चिनियाँ पर्यटक बैठक कक्षमा देखा परेका थिए । हङकङका मानवअधिकारवादी अभियन्ता फिन लाउले ती व्यक्ति चिनियाँ जासुस रहेको भनी दाबी गरेका थिए ।

त्यसैगरी, सन् २०११ मा भारतीय सैन्य शिविरको तस्वीर लिइरहँदा तीन जना चिनियाँ पर्यटकहरु पक्राउ परेका थिए । भारतीय अधिकारीले उनीहरुसँग वैध राहदानी र भिसा नभएको जनाएका थिए । अनुसन्धानबाट उनीहरु चिनियाँ प्रविधि कम्पनी हुवावेमा कार्यरत रहेको पाइएको थियो ।

सन् २०११ मा नै एक जना चिनियाँ महिलाले भारतीय सैन्य गतिविधि, रक्षा उपकरणको प्रयोग, विदेश नीति एवम् अन्य संवेदनशील सूचना चीन पठाउने गरेको खुलासा भएको थियो । चिङ शी नाम गरेकी ती महिलाले भारतमा दुई कम्पनी स्थापना गरी जासुसी गरेको भारतीय अधिकारीले आरोप लगाएका थिए ।

सन् २०२२ मा भारतमै जासुसीको आरोपमा सोङ सिआओलान नाम गरेका चिनियाँ पर्यटक पक्राउ परेका थिए । बोध गयामा पक्राउ परेका उनी जासुस रहेको र उनले तिब्बती धर्मगुरु दलाई लामाको सुरक्षामा जोखिम उत्पन्न गरेको भारतीय सुरक्षा अधिकारीको ठहर छ ।

चीनले पर्यटकमात्रै नभएर विद्यार्थी र वैज्ञानिकहरुलाई पनि विदेशमा जासुसीका लागि प्रयोग गर्दै आएको पाइएको छ । हालै जर्मन आन्तरिक मामिलामन्त्री न्यान्सी फासेरले चिनियाँ वैज्ञानिकहरुले संवेदनशील सूचना प्राप्त गरेकोप्रति चिन्ता जाहेर गरेकी थिइन् । त्यसबाहेक चिनियाँ जासुस र गुप्तचर अधिकारीहरुले अमेरिकी विश्वविद्यालयलाई पनि निशाना बनाइरहेको पाइएको छ ।

चीनले आफ्ना नागरिकलाई जासुसीका लागि प्रोत्साहन गर्दै आएको छ । चीनले जासुसी गर्नेलाई पुरस्कारको व्यवस्थासमेत गरेको बताइन्छ । चीनले आफ्ना नागरिकलाई एक अर्काविरुद्ध जासुसी गर्न प्रोत्साहन गरेको भन्दै हालै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरले चिन्ता व्यक्त गरेका थिए ।

केही समयअघि बेलायतले संवेदनशील सूचनाको चुहावट र जासुसी रोक्न भन्दै ५० जना चिनियाँ विद्यार्थीलाई देशनिकाला गरेको थियो । त्यस्तै, अमेरिकाको इलेनोई इन्स्टिच्युट अफ टेक्नोलोजीमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरिरहेका जी चाओचुन नामक एक जना चिनियाँ विद्यार्थीलाई गोप्य जानकारी संकलन गरेको आरोपमा ८ वर्षको जेल सजाय सुनाइएको थियो ।

चीनले जासुसलाई विद्यार्थीका रुपमा परिचालन गरी प्रविधि चोरी गर्दै आएको अमेरिकी संघीय जाँचबुझ ब्युरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले बताएका छन् । उनका अनुसार दीर्घकालका लागि अमेरिकाको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रमा चीनबाट सबैभन्दा ठूलो जोखिम रहँदै आएको छ ।

अमेरिकाको वाशिङ्टनमा रहेको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) को तथ्यांकअनुसार सन् २००० यता २२४ वटा सैन्य, राजनीतिक र व्यापारिक जासुसीका घटनामा चिनियाँ संलग्नता रहेको छ । पछिल्ला केही वर्षयता चीनले ठूलो परिमाणमा आम नागरिकको व्यक्तिगत जानकारी चोरी गरेको सीएसआईएसले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  २ : ५५ बजे

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा

झापा– सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै

नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ?

काठमाडौँ – सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ।