दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा टीकपुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर, मानवअधिकारवादी संस्थाको निष्कर्ष : संखुवासभा कारागारमा यातना र कुटपिटका कारण कैदीको मृत्यु, सन्दीप लामिछानेको मुद्दामा किशोरीकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश, बेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री, बाजुरामा ‘स्क्रब टाइफस’ का बिरामी बढ्दैलगायतका समाचारले प्रमुख स्थान पाए ।

टीकपुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर

सर्वोच्च अदालतले आठ जनाको ज्यान जाने गरी टीकापुरमा भएको घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटना भएको उल्लेख गरिएको छ ।

मानवअधिकारवादी संस्थाको निष्कर्ष : संखुवासभा कारागारमा यातना र कुटपिटका कारण कैदीको मृत्यु

विभिन्न मानवअधिकारवादी संस्थाले संखुवासभा जिल्ला कारागारका दुई जना कैदीको यातना र कुटपिट मृत्यु भएको निष्कर्ष निकालेका छन् ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले कारागारमा गरिएको स्थलगत अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै कुटपिटसहितको यातनाबाट कैदीको मृत्यु भएको दाबी गरेका हुन् ।

सन्दीप लामिछानेको मुद्दामा किशोरीकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ ।

अदालतले पीडित किशोरी गौशाला–२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका लागि आदेश दिएको हो ।

उच्च प्रहरी अधिकारीको सरुवासम्बन्धी मापदण्ड जारी, दम्पत्तिलाई एउटै वा नजिकैको कार्यालयमा सरुवा गरिने

नेपाल प्रहरीका उच्च अधिकारीको सरुवासम्बन्धी मापदण्ड जारी भएको छ । उपप्रधान एवम गृहमन्त्री नाराणणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्ड स्वीकृत गरेका हुन् ।

यसअघि प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको बैठकले साउन २८ गते यससम्बन्धी मापदण्ड पारित गरेको थियो । नयाँ मापदण्ड अनुसार प्रहरी एकाईलाई तीन समूहमा वर्गीकरण गरिएको छ ।

बेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र बेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन् ।

बिहीबार नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धान्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक गर्ने आदेश दिएको हो । बिहीबार उच्च अदालतमा नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावेदनमा सुनुवाइ भएको थियो ।​

नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।

प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । हाललाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरुको भनाइ छ ।

गण्डकी प्रदेशसभा बैठक : बाढीपहिरो प्रभावितलाई राहत उपलब्घ गराउन माग

गण्डकी प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यहरुले बाढीपहिरोका प्रकोप एवम् विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले कुश्मीसेरादेखि बरेङसम्मको सडकखण्डमा पहिरोका कारण निर्माण सम्पन्न भइसकेका ठाउँमा पनि थप भत्कने गरेको जनाउँदै ती स्थान संरक्षण गर्नुपर्ने देखिएको बताए ।

ती स्थानको संरक्षणका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्दा अहिले अख्तियारी आइनसेका कारण तत्काल मर्मत गर्न नसकिने जानकारी आएको र तत्काल बाधा अड्काउ फुकाउ गरी गरी उचित प्रबन्ध आवश्यक भएको उनले बताए । सदस्य दमयन्ती रुचालले बैंक, वित्तीय संस्था एवम् सहकारीबाट पछिल्ला समयमा व्यवसायी एवम् सर्वसाधारण ऋण असुलीका नाममा मारमा परिरहेको जनाउँदै यसबारे तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् ।

बाजुरामा ‘स्क्रब टाइफस’ का बिरामी बढ्दै

वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ । उपचारका लागि आउने बिरामीको सङ्ख्या केही दिनयता बढेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समयमा स्क्रब टाइफस, मलेरिया, डेङ्गु झाडापखाला, आँखा पाक्नेलगायत समस्या लिएर बिरामी उपचारमा आउने गरेका छन् । पछिल्लो एक महिनाको अवधिमा नौ जना स्क्रब टाइफसका बिरामी उपचाररत रहेका सूचना अधिकारी गिरीले जानकारी दिए ।

गण्डकी प्रदेशमा ८० हजार पशुचौपायमा लम्पी स्किन

महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ पशु चौपाया प्रभावित भएका छन् । जसमा गाई, गोरु र भैँसी प्रभावित छन् । यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको भएका छन् । लम्पी स्किनबाट प्रदेशमा चार हजार पाँच सय ५४ पशुचौपाया मरेका छन्

गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जोशीले प्रदेशसभा सदस्य भीमबहादुर कार्कीद्वारा दर्ता गरिएको लम्पी स्किन भाइरसविरुद्ध सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उक्त जानकारी दिएका हुन् ।

प्रदेशमा लम्पी स्किन रोगबाट पाँच दशमलव ६९ प्रतिशत चौपाया मरेको बताउँदै उनले यसको रोकथामका लागि तीनै तहका सरकार र व्यक्तिगत गरी कूल एक लाख १० हजार चार सय ४९ पशुलाई खोप दिइएको बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ९ : ०० बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडलाई उपाधि

काठमाडौं– युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल म्याड्रिडले जितेको

प्राविधिक जनशक्ति उत्पादन गर्न छात्रवृत्ति

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

चार प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल