मृत हात्तीको दाहसंस्कार « Khabarhub

मृत हात्तीको दाहसंस्कार


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर आज मृत्यु भएको जङ्गली हात्तीको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

ट्याङ्कीमा फसेर मृत्यु भएको हात्तीलाई दुई वटा ब्याक हो लोडर (जेसिवी) मेसिनको सहायाताले निकालेर खाल्डो खनी त्यसमा राखेर दाहसंस्कार गरिएको छ । खाल्डामा हात्ती राखेपछि धूपबत्ती गरी कात्रो ओढाई, फूलमाला लगाई अबिर दलेर दाहसंस्कार गरिएको सामुदायिक वनका अध्यक्ष लोकेन्द्रप्रसाद जोशीले बताए । उनका अनुसार हात्ती राखिएको खाल्डोमा तीन क्विन्टलभन्दा बढी नून छर्किएको थियो ।

यी सबै प्रक्रिया पूरा गरेपछि खाल्डोमा हालिएको हात्तीलाई उपस्थित सबैले माटो दिएपछि खाल्डो पुर्ने कार्य गरिएको थियो । “हिन्दू परम्पराअनुसार हात्तीलाई भगवान् गणेशको अवतारका रूपमा लिइन्छ”, जोशीले भने, “त्यही भएर हात्तीलाई विधि विधानअनुसार दाहसंस्कार गरेका हौँ ।” मरेको हात्तीको दर्शन गर्न स्थानीय बासिन्दाको सामुदायिक वन परिसरमा भीड लागेको थियो ।

स्थानीयवासी अर्जुन मल्लले हात्तीलाई भगवान् गणेशको अवतारका रूपमा लिइने भएकाले दर्शन गरी फूलमाला चढाएर फर्किएको बताए । हात्तीलाई खाल्डोमा राखेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिकले स्वास्थ्य परीक्षण गर्ने कार्यसँगै नाप लिने कार्य गरेका थिए । घटनास्थलमा मुचुल्का बनाउने कार्य कर्मचारीले गरेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ९ : २३ बजे

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक