‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण « Khabarhub

‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृतिविद डा जगमान गुरुङले प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्त्व दिएको बताएका छन् । आज यहाँ थाइ नेपाली सङ्घद्वारा आयोजित थाइल्याण्डका नेपाली आप्रवासीहरूको कथा समेटिएको पुस्तक ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण समारोहमा उहाँले म्यानमार, थाइल्याण्ड, दार्जिलिङमा बसोबास गर्ने नेपालीहरूमा देखिएको संस्कृतिप्रतिको सद्भाव नेपालमा पछिल्लो समय घटिरहेको बताए ।

उनले भने, “यहाँ ठेट नेपाली बोल्नेमा कमी देखिएको छ । हामीले नेपाल बाहिर रहनुभएका नेपालीबाट सिक्नु जरुरी छ । ठेट नेपाली शब्दको प्रयोग गर्नुलाई अन्य भाषाको ज्ञान नभएको रूपमा बुझ्नु भएन ।” उनले आप्रवासी नेपालीहरूको यस्तै गतिविधिले यहाँ झक्झकाउने समेत बताए।

कार्यक्रममा सङ्घकी अध्यक्ष वासाना राईले नेपालमा आएर पुस्तक नेपाली र अङ्ग्रेजी भाषासँगै तस्बिर कथामा लोकार्पण गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले भने, “यो पुस्तकले थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीको अवस्थाबारे जानकारी दिन्छ । देशबाहिर रहेर पनि यहाँको संस्कृतिप्रतिको लगावलाई दर्शाउँछ । यो हाम्रो अनुभुति हो ।”

पुस्तकका लेखक तथा अनुसन्धानकर्ता रमेश खड्काले ८० वर्षको पुरानो इतिहासलाई पुस्तकमा समेट्न पाउँदा गौरव महसुस गरेको बताए । उनले भने, “असी वर्षभन्दा बढी लामो समयदेखि थाइल्याण्डमा बसोबास गरिरहेका आप्रवासी नेपालीका बारेमा वर्षदिन लामो अध्ययन र अनुसन्धानपछि यो पुस्तक तयार भएको हो । मैले उहाँहरूको इतिहासलाई नजिकबाट बुझ्ने मौका पाएँ, मैले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छु ।”

उनले थाइल्याण्डमा नेपाली आप्रवासीको मौखिक इतिहासमा सीमित कुरालाई लिखित दस्तावेजको रूपमा बाहिर ल्याएको बताए ।

कार्यक्रममा पूर्वराजदूतहरू डा दिनेश भट्टराई, डा खगनाथ अधिकारी, सङ्घका पूर्वअध्यक्ष कुमार कार्की, गायक आनन्द कार्की, गायिका इन्दिरा जोशी, अभिनेत्री दीपाश्री निरौला, अभिनेता किरण केसी, निर्मल शर्मा, जीतु नेपाललगायत उपस्थित थिए। कायक्रममा संस्कृति झल्काउने नृत्यसँगै नेपालीले थाइल्याण्डको पिलोक भन्ने स्थानबाट सुरू गरेको जीवनीलाई श्रव्यदृश्यमार्फत प्रस्तुत गरिएको थियो ।

पुस्तकमा नेपालीहरूको आप्रवासन र थाइल्याण्डमा नेपालीहरूको इतिहासबारे लुकेका तथ्य समेटिएको छ । बर्मासँग सीमा जोडिएको थाइल्याण्डको पिलोक भन्ने ठाउँमा माइन (कोइलाखानी) काम गरेर सुरु भएको नेपालीहरूको थाइल्याण्ड आप्रवासनको कथालाई प्रस्तुत गरिएको पुस्तकमा एउटा पहाडको टुप्पोमा कसरी उनीहरूले आफ्नो जीवनलाई चलायमान पारे र कसरी आफ्नो भूमिकालाई स्थापित गरे भन्ने कुरा पनि समावेश गरिएको छ ।

उनीहरूको अनागरिकदेखि थाइ नागरिकसम्मको यात्राको सन्दर्भ पनि पुस्तकमा समावेश गरिएको छ । पिलोकमा लामो समय बिताएका बूढापाका र अनुभवी मानिसहरू, थाइ नागरिकहरू, थाइ सरकार र सुरक्षा अङ्गमा रहेर काम गरेका करीब दुई सयभन्दा बढी स्रोत व्यक्तिहरूसँगको कुराकानी र थाइल्याण्डमा भएको नेपालीहरूको आप्रवासानका ऐतिहासिक दस्तावेजहरूको अध्ययनपछि यो पुस्तक तयार गरिएको समारोहमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  १० : ०९ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक