३४ जनालाई कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार « Khabarhub

३४ जनालाई कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयको पत्राचार


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई कैद मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।  

राष्ट्रपति कार्यालयले कैद मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनालाई मिनाहाको सिफारिसको आधार स्पष्ट पार्न तथा उनीहरूको व्यक्तिगत विवरण पठाउन पनि भनेको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भए बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले यसबारेमा चासो राखेको हो । सिफारिस गरिएका ३४ जनामध्ये अधिकांश ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरू छन् ।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिने तयारी गरेको छ ।

कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएकोमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको कैद मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ५९ बजे

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङ– मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र

प्रधानमन्त्रीको भ्रमणसँगै चीनले हटायो पाँच बेलायी सांसदमाथिको प्रतिबन्ध

बेइजिङ- बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गरेका छन्

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु