५० हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट | Khabarhub Khabarhub

५० हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– चाडपर्व नजिकिँदै गएपछि सल्यानमा बजार अनुगमनले तीव्रता पाएको छ। बजार क्षेत्रमा अनुगमन गर्दा ५० हजार बराबरको म्याद गुज्रेका गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको छ।

जिल्लाको शारदा नगरपालिकाका प्रमुख व्यापारिक क्षेत्रहरू श्रीनगर, खलंगा, बरला, साहुटोल, पीपलनेटा, दुलधारा पोखरा र मार्केमा बजार अनुगमन गर्दा झन्डै ५० हजार बराबरको गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको शारदा नगरपालिका उपमेयर सुस्मिता सापकोटाले जानकारी दिइन्।

किराना पसल, खाद्यान्न पसल, मदिरा पसल, सप्लायर्स लगायतको अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरीतका विभिन्न सामग्री नष्ट गरिएको उनको भनाइ छ।

चाडपर्वका वेला व्यवसायीले कृत्रिम अभावदेखि मूल्यवृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, महँगी नियन्त्रण र गुणस्तर कायम गर्न नगरपालिकाले अनुगमन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलाधर बबालले बताए। उनले भने, ‘व्यापार बढेसँगै चाडपर्वको समयमा कृत्रिम अभावदेखि कालोबजारी नहोस् भन्नका लागि अनुगमन गरेका हौँ।’ 

नगरले नियमित अनुगमन गर्दै आइरहेको बताउँदै चाडपर्वमा किनमेलका लागि भीडभाड बढी हुने भएकाले म्याद गुज्रेका र अखाद्य वस्तु मिलाएर आउने भएकाले त्यसको नियन्त्रणका लागि अनुगमन प्रभावकारी बनाउने योजनानुसार चाडपर्व अनुगमनलाई तीव्रता दिइएको बबालले बताए।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ४ : ४० बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०