उपत्यकामा प्रदूषण जाँचमा परेका ३० प्रतिशतभन्दा बढी सवारीसाधन मापदण्डविपरीत « Khabarhub

उपत्यकामा प्रदूषण जाँचमा परेका ३० प्रतिशतभन्दा बढी सवारीसाधन मापदण्डविपरीत


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि सवारीसाधनबाट निस्कने धुवाँ नियन्त्रणका लागि अनुगमन तीव्र पारिएको छ । वातावरण विभाग र ट्राफिक प्रहरीले गरेको छड्के अनुगमनका क्रममा परीक्षण गरिएका ३० प्रतिशतभन्दा बढी सवारीसाधन प्रदूषण मापदण्ड पूरा गर्न असफल भएका छन् ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ललितपुरको खुमलटार र सातदोबाटो क्षेत्रमा सवारीसाधनको प्रदूषण परीक्षण गरिएको थियो ।

अनुगमनका क्रममा कुल ३६ सवारीसाधनको परीक्षण गर्दा ११ वटा मापदण्डविपरीत पाइएको विभागले जनाएको छ । त्यस्तै, २५ वटा सवारीसाधनले भने प्रदूषण मापदण्ड पूरा गरेका छन् । परीक्षणमा सहभागी सवारीसाधनमध्ये ३० दशमलव ५६ प्रतिशत प्रदूषण परीक्षणमा असफल भएका हुन् ।

वातावरण विभागका उपमहानिर्देशक सरोजकुमार चौधरीले वायु प्रदूषण नियन्त्रणका लागि सवारीसाधनको छड्के अनुगमनलाई निरन्तरता दिइने बताए ।

उनका अनुसार सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि विभागले थप एउटा प्रदूषण मापन गर्ने मेसिन खरिद गर्ने तयारीसमेत गरेको छ ।

सवारीसाधनबाट निस्कने धुवाँ वायु प्रदूषणको एउटा प्रमुख कारक भएकाले नियमित जाँच तथा अनुगमनलाई थप प्रभावकारी बनाउने विभागको योजना छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ७ : ४६ बजे

उपत्यकामा प्रदूषण जाँचमा परेका ३० प्रतिशतभन्दा बढी सवारीसाधन मापदण्डविपरीत

काठमाडौँ– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि सवारीसाधनबाट निस्कने धुवाँ

पाकिस्तान ए विरुद्ध नेपालले एकै ओभरमा गुमायो २ विकेट

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तान ए र नेपालबीच प्रतिस्पर्धा

यूएईको रस अल खैमाहमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको महिला क्रिकेटको सुरुआती

पाकिस्तानले नेपाललाई दियो १ सय ६९ रनको लक्ष्य

काठमाडौँ- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तानले नेपाललाई १ सय ६९