जौ खेती मासिँदै « Khabarhub

जौ खेती मासिँदै


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौ खेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा  पछिल्लो समय  बिरलै मात्रामा देखिने गरेको छ ।

५–६ वर्षअघिसम्म यही समयमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटमा सबैका बारीमा जौ उम्रिएर हरियाली देखिन्थ्यो । अहिले ती सबै खेतबारी खाली छन् । स्थानीय वीरेन्द्र बुढाले ती खेतबारी अहिले घोडा, खच्चड, भेडाबाख्रा बथानको चरिचरन गर्ने क्षेत्र बनेको बताए ।

जौ खेती गर्दै आएका मैकोटका चामबहादुर कामीले पछिल्लो समय आफूले जौ खेती नगरेको बताए । ‘पहिले जौ उत्पादन हुँदा त्यसैको सातु, ढिँडो बनाएर खाने गरिन्थ्यो’, उनले भने, ‘जौ बाट बनेका परिकार खानलाई पनि मीठो र स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्थ्यो ।’ वस्तुभाउलाई दानाका रूपमा पनि जौ प्रयोग गरिन्थ्यो । अहिले भने आफूलाई आवश्यक पर्दा चाहिने जौ समेत उत्पादन हुन छाडेको उनको भनाइ छ ।

मैकोटमा छाडा पशुचौपायाबाट बाली जोगाउन गाह्रो हुने र जौ भित्र्याउने बेलामा स्थानीय यार्सा सङ्कलन गर्न जाने हुँदा पछिल्लो समयमा जौ खेती हराउँदै गएको मैकोटका अर्का स्थानीय विकास पुनले बताए ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले मानिसले भात रुचाउने र जौबाट बनेका परिकार मन नपराउने हुँदा यसको खेती गर्न छाड्दै जान थालेको  बताए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १० : २९ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,