पुरानो सरकारमा नयाँ मन्त्रीहरुको चुनौति ! « Khabarhub

पुरानो सरकारमा नयाँ मन्त्रीहरुको चुनौति !

चर्चा, विवाद र बहससँगै ‘डेलिभरी’ दिनुपर्ने मुख्य जिम्मेवारी


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सरकारले मन्त्रिपरिषद् विस्तार गर्दा अहिले चर्चा, विवाद र आलोचना बराबर छ । केही नयाँ अनुहार मन्त्री बनेका छन् । त्यसमा केही युवा छन् । केही पहिलोपटक मन्त्री बनेका छन् र केही असाध्यै विवादित पात्र पनि मन्त्री बनेका छन् ।

यसपटक सरकारबाट ठूलो आश नागरिकमा छैन । किनकी सत्ता र प्रधानमन्त्री पदका लागि रातारात गठबन्धन फेरेका प्रचण्डका कारण सरकार नयाँ भएपनि प्रधानमन्त्री पुरानै हुन् । यसअघि दुईपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डबाट धेरै आश गर्ने ठाउँ देखिदैन ।

तर मन्त्री बनेका केही अनुहार भने साँच्चै आशलाग्दा छन् । त्यसमा पनि पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टी, पार्टीका नयाँ नेता र मन्त्रीप्रति साँच्चिकै आश बढेको देखिन्छ । शिक्षामन्त्री बनेका शिशिर खनाल धेरैका जिब्रोमा सुनिएको नाम हो ।

जसले ‘टीच फर नेपाल’ संस्थाबाट धेरै हदसम्म राम्रा काम गरेर नेपालको सार्वजनिक शिक्षाको गुणस्तर थोरै भएपनि उकासेका थिए । उनी अहिले शिक्षा मन्त्रालयको बागडोर सम्हाल्न पुगेका छन् ।

उनीबाट आश गर्नु स्वभाविक हो । यस्तै स्वतन्त्र पार्टीकै डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी छन् । उनले स्वास्थ्य र शिक्षामा केही न केही नयाँ गर्छिन् भन्ने विश्वास छ ।

शिशिर खनाल र डा. तोसिमा कार्कीले केही नयाँ गर्नेमा जति आशा छ, त्यत्तिकै उनीहरूलाई चुनौति पनि छ । यस्तै पहिलोपटक मन्त्री बनेका एमालेका पदम गिरी पनि आशलाग्दा अनुहार हुन् । स्वास्थ्यमन्त्री बनेका उनी युवा हुन् र केही नयाँ गर्न रुचाउँछन् ।

माओवादीबाट सुदन किराती पर्यटनमन्त्री बनेका छन् । चर्चामा आइरहने उनी यसपटक साँच्चै पर्यटन क्षेत्रमा केही न केही नयाँ गर्नैपर्ने योजनामा छन् । यस्तै भगवती चौधरी यसपटक महिला तथा बालबालिका मन्त्री बनेकी छन् ।

उनी पहिलोपटक मन्त्री बन्दा स्वभाविक रुपमा आश गर्ने ठाउँ हुन्छ । त्यसमा पनि प्राय पुरुषले कब्जा गर्ने गरेको महिला तथा बालबालिका मन्त्रीमा अहिले महिला नै छन् । तर केही मन्त्री यतिबेला विवादित छन् ।

श्रममन्त्री बनेका डोलप्रयास अर्याल विवादित मानिएका छन् । उनले पहिलो अभिव्यक्ति नै हावादारी दिएर झन् विवादित बनेका छन् । यस्तै राप्रपाबाट मन्त्री भएका विक्रम पाण्डे अर्का विवादित पात्र छन् ।

सहरी विकासमन्त्री बनेका उनी ठेकेदार व्यवसायी हुन् । तर उनले सञ्चालन गरेका धेरै काम अलपत्र नै छन् । यसपटक २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा १६ जना नयाँ अनुहार छन् । यी अनुहारबाट आश गर्नु नौलो होइन । तर त्यो कति व्यवहारिक र फलदायी हुन्छ भन्ने कुरा उनीहरूको काम गराइबाट थाहा हुनेछ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ४ : ०० बजे

पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण

कङ्गोमा इबोला सङ्क्रमण बढ्दै

एजेन्सी– डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार– कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु

प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आएका

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी– कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा