नेपाल-इजरायल सम्बन्ध जनस्तरमा समेत विस्तार हुँदै « Khabarhub

नेपाल-इजरायल सम्बन्ध जनस्तरमा समेत विस्तार हुँदै


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र इजरायलबीच पछिल्लो समय जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गएको छ ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता बढ्दै गएको भ्रमण आदानप्रदानले आपसी सम्मान, सद्भाव, विश्वास, सहयोग र समझदारीमा आधारित मैत्रीपूर्ण सम्बन्ध थप सृदृढ हुँदै गएको कूटनीतिक क्षेत्रका जानकारहरूको भनाइ छ ।

नेपाल विश्व सम्बन्ध परिषद्ले आज आयोजना गरेको नेपाल–इजरायल सम्बन्ध विषयक अन्तर्क्रिया कार्यक्रममा कूटनीतिक मामिलाका जानकारहरुले द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई राष्ट्रबीच कृषि, स्वास्थ्य, शिक्षालगायत अन्य धेरै क्षेत्रमा सहयोग र सहकार्य सुदृढ हुँदै गएको बताए ।

कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत हानान गोडर–गोल्डबर्गरले भौगोलिक रूपमा नेपाल र इजरायल टाढा भए पनि दुई देशबीच अनुपम सम्बन्ध रहेको बताए । उनले दुई देशबीच धेरै विषयमा समानताको सम्बन्ध भएको र पछिल्लो समय दुई देशबीच बढ्दो भ्रमण आदानप्रदानले जनस्तरमा सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गरे ।

राजदूत गोल्डर्गरले द्विपक्षीय सम्बन्धपछि नेपालका तत्कालीन प्रधानमन्त्री विपी कोइराला, राजा महेन्द्र, राजा वीरेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले इजरायलको उच्चस्तरीय भ्रमण गरेको स्मरण गर्दै इजरायलबाट समेत नेपालमा उच्चस्तरीय भ्रमण हुँदै आएको बताए । उनले द्विपक्षीय सम्बन्धका विविध विषयमा अन्तर्राष्ट्रिय मञ्चमा समेत दुई देशबीच समन्वय र सहयोग हुँदै आएको जानकारी गराए । नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । इजरालयसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने नेपाल दक्षिण एसियाकै पहिलो मुलुक हो ।

नेपाल–इजरायल पूर्वराजदूत क्लबका अध्यक्ष डा शम्भुराज सिम्खडाले तत्कालीन राजनीतिक नेतृत्वको दूरदर्शीताले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको बताउँदै स्थापनापछि दुई देशबीचको सम्बन्ध निरन्तर रहेको मात्र नभई सुदृढसमेत हुँदै गएको उल्लेख गरे ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले कूटनीतिक सम्बन्धलाई निरन्तरता दिएर इजरायलको अस्तित्वलाई मान्यता दिने नेपाल यस क्षेत्रको विगत देखिको एक मात्र राष्ट्र भएकोमा नेपाली जनताले गर्व गर्दै आएको बताए । उनले इजरायलले विभिन्न विकास क्षेत्रमा प्रदान गरेको आर्थिक सहयोग, नेपालीलाई तालिम सुविधा, विभिन्न विषयमा छोटो अवधिको छात्रवृत्ति, कृषि व्यवस्थापन, शिक्षालगायतका क्षेत्रमा इजरायली विज्ञहरू उपलब्ध गराएकामा प्रशंसा गरे ।

कार्यक्रममा कूटनीतिक क्षेत्रका विज्ञहरूले सरकार र जनस्तर दुबैको सामूहिक प्रयासले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ र नयाँ उचाइ लिने अपेक्षाका साथ नेपाल–इजरायलबीच सम्बन्धमा विविध आयामबारे आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ७ : ५९ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष