एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति « Khabarhub

एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुम्लाको पातारासी गाउँपालिकाभित्रका एमबीबीएस पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख रुपैयाँ छात्रवृत्ति दिने भएको छ ।

पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट पारित भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । एमबीबीएसलगायत प्रविधिक विषयमा पढाउन सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ ।

सो गाउँपालिकाले बुधबार १० औँ हिउँदे गाउँसभाबाट एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्तिदेखि बालमैत्री वडा घोषणासम्मका विभिन्न ऐन नियम पारित गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् ।

हिउँदे गाउँसभाबाट पालिकाका सबै वडामा ‘बाल विवाह न्यूनीकरणमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई मध्यनजर गर्दै बाल विवाह रोकथामका विभिन्न सचेतना कार्यक्रम चलाइने बताइएको छ । उपाध्यक्ष रोकायाले भनिन्, “पालिकाको वडा नं ४ र ५ लाई बालमैत्री वडा घोषणा गर्ने निर्णय गाउँसभाबाट पारित भएको छ ।”

उनका अनुसार पालिकाभित्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि हिउँदे गाउँसभाबाट छात्रवृत्ति निर्देशका, २०७९ बहुमतले गाउँसभाबाट पारित भएको सो छ ।

सामुदायिक विद्यालयबाट आएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि यो गाउँसभाबाट विशेष प्राथमिकता दिने भनेर निर्णय गरि गाउँसभाबाट पारित भएको छ । उपाध्यक्ष रोकायाले भनिन्, “अब पालिकाले आफ्नो लगानीमा एक जनालाई एमबीबीएस पढाउन रु ३५ लाख लगानी गर्ने भएको छ ।” पाँच वर्षसम्म रु सात लाखका दरले पालिकाले एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने उनको भनाइ छ ।

पालिकाको उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत बुटवलको देवदह मेडिकल कलेजमा वडा नं ४ लुमगाउँका २३ वर्षीय नवीन रेउले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययनरत छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : १६ बजे

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ