कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा चीनका शवदाहगृहमा भिड « Khabarhub

कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा चीनका शवदाहगृहमा भिड


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा त्यहाँका समाधिस्थल र शवदाहगृहमा मानिसहरुको भिडभाड देखिएको छ । भू उपग्रहले लिएका तस्वीरमा  चीनका मुख्य सहरमा रहेका दाहसंस्कार गर्ने समाधिस्थल र शवदाहगृहमा मानिसहरुको भिडभाड देखिएको हो ।

अमेरिकी अखबार वाशिंटन पोस्टका अनुसार चीनको बेइजिङ, चेङ्दु, कुन्मिङ, नानजिङजस्ता सहरका अन्तिम संस्कार गर्ने स्थानमा भिडभाड देखिएको हो । यसअघि चेङ्दु सहरमा रहेको एउटा शवदाहगृहले भिडभाडका कारण हरेक परिवारलाई मृतकको अन्तिम संस्कार गर्न केबल २ मिनेटको समय दिने गरेको समाचार सार्वजनिक भएको थियो ।

चीनका केही स्थानमा रहेका शवदाहगृहमा मानिसहरुको चाप बढेपछि अन्तिम संस्कार गर्न लाग्ने शुल्क पनि बढेर ३ सय डलरसम्म पुगेको बताइएको छ ।

अमेरिकी भू उपग्रह कम्पनी मक्सार टेक्निोलोजीले जारी गरेको तस्वीरमा शवदाहगृहमा मानिसहरुको गतिविधि पछिल्लो समय ह्वात्तै बढेको देख्न सकिन्छ । यसबाहेक समाधिस्थलमा काम गर्ने कर्मचारीहरुले पनि सामाजिक सञ्जालमा आफ्नो कार्यस्थलमा मानिसहरुको गतिविधि ह्वात्तै बढेको जनाएका छन् ।

पछिल्लो समय चीनले कठोर शून्य कोभिड नीति खुकुलो पारेपछि त्यहाँ कोरोना भाइरसको प्रकोप बढेको बताइएको छ । यद्यपि चीनले भने यस प्रकोपबाट मृत्यु भएका मानिसहरुको भरपर्दो तथ्यांक सार्वजनिक गर्ने गरेको छैन । यसअघि विश्व स्वास्थ्य संगठनले चीनलाई कोरोना प्रकोपबारे विश्वासिलो तथ्यांक सार्वजनिक गर्न आग्रह गरेको थियो ।

 

तस्वीर- मक्सार टेक्नोलोजी

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : ४४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको