कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा चीनका शवदाहगृहमा भिड « Khabarhub

कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा चीनका शवदाहगृहमा भिड


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा त्यहाँका समाधिस्थल र शवदाहगृहमा मानिसहरुको भिडभाड देखिएको छ । भू उपग्रहले लिएका तस्वीरमा  चीनका मुख्य सहरमा रहेका दाहसंस्कार गर्ने समाधिस्थल र शवदाहगृहमा मानिसहरुको भिडभाड देखिएको हो ।

अमेरिकी अखबार वाशिंटन पोस्टका अनुसार चीनको बेइजिङ, चेङ्दु, कुन्मिङ, नानजिङजस्ता सहरका अन्तिम संस्कार गर्ने स्थानमा भिडभाड देखिएको हो । यसअघि चेङ्दु सहरमा रहेको एउटा शवदाहगृहले भिडभाडका कारण हरेक परिवारलाई मृतकको अन्तिम संस्कार गर्न केबल २ मिनेटको समय दिने गरेको समाचार सार्वजनिक भएको थियो ।

चीनका केही स्थानमा रहेका शवदाहगृहमा मानिसहरुको चाप बढेपछि अन्तिम संस्कार गर्न लाग्ने शुल्क पनि बढेर ३ सय डलरसम्म पुगेको बताइएको छ ।

अमेरिकी भू उपग्रह कम्पनी मक्सार टेक्निोलोजीले जारी गरेको तस्वीरमा शवदाहगृहमा मानिसहरुको गतिविधि पछिल्लो समय ह्वात्तै बढेको देख्न सकिन्छ । यसबाहेक समाधिस्थलमा काम गर्ने कर्मचारीहरुले पनि सामाजिक सञ्जालमा आफ्नो कार्यस्थलमा मानिसहरुको गतिविधि ह्वात्तै बढेको जनाएका छन् ।

पछिल्लो समय चीनले कठोर शून्य कोभिड नीति खुकुलो पारेपछि त्यहाँ कोरोना भाइरसको प्रकोप बढेको बताइएको छ । यद्यपि चीनले भने यस प्रकोपबाट मृत्यु भएका मानिसहरुको भरपर्दो तथ्यांक सार्वजनिक गर्ने गरेको छैन । यसअघि विश्व स्वास्थ्य संगठनले चीनलाई कोरोना प्रकोपबारे विश्वासिलो तथ्यांक सार्वजनिक गर्न आग्रह गरेको थियो ।

 

तस्वीर- मक्सार टेक्नोलोजी

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : ४४ बजे

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती