२०४० सम्म भारतको अर्थतन्त्रमा ५ जीको योगदान ४ खर्ब ५० अर्ब डलर पुग्ने « Khabarhub

२०४० सम्म भारतको अर्थतन्त्रमा ५ जीको योगदान ४ खर्ब ५० अर्ब डलर पुग्ने


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ५ जी प्रविधिले सन् २०४० सम्म भारतको अर्थतन्त्रमा ४ खर्ब ५० अर्ब डलर बराबरको योगदान दिने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

भारतको डेलोइट टेक्नालोजी, मिडिया तथा टेलिकम्युनिकेसनले प्रतिवेदन सार्वजनिक गर्दै सन् २०४० सम्म भारतको कूल ग्राहस्थ उत्पादनमा ५ जी प्रविधिको योगदान ४ खर्ब ५० अर्ब डलर पुग्ने प्रक्षेपण गरेको हो ।

उक्त प्रतिवेदनमा ५ जी प्रविधिले भारतीय अर्थतन्त्रको बहुक्षेत्रीय योगदान दिने र यसबाट औद्योगिक क्षेत्रको उत्पादकत्व र कार्यक्षमता विस्तार गर्ने उल्लेख छ । उक्त प्रतिवेदनमा आगामी ३–४ वर्षसम्म यस प्रविधिको विस्तार गर्न भारतले १० अर्ब डलर खर्च गर्ने अपेक्षा गरिएको छ ।

प्रतिवेदनमा भारतका २० भन्दा धेरै निजी कम्पनीले ५ जी प्रविधिको विस्तारमा रुची देखाएको बताइएको छ । सन् २०२४ देखि सन् २०२७ सम्म भारतमा निजी कम्पनीले वृहद स्तरमा यस प्रविधिलाई विस्तार गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : १७ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा