कित्ता नं २५६ सम्बन्धमा भइरहेको दुष्प्रचारप्रति मिर्चैया नगरपालिकाको ध्यानाकर्षण  « Khabarhub

कित्ता नं २५६ सम्बन्धमा भइरहेको दुष्प्रचारप्रति मिर्चैया नगरपालिकाको ध्यानाकर्षण 


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिराहा– मिर्चैया नगरपालिकाले वडा नम्बर ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिनदेखि भइरहेको दुष्प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको विषयमा राजनीतिक उक्साहटमा नगरलाई बदनाम गर्ने नियतले दुष्प्रचार गरेको भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएको छ ।

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा  मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको बताएका छ्न्।  घरटहरा हटाउन नगरपालिकाले जारी गरिएको सूचनालाई अटेरी गरिएको कारणले अनधिकृत रुपमा सार्वजनिक जग्गामा निर्माण गरिएको घर टहरा हटाइएको उनले बताए ।

तर, कानुन र विधिअनुसार गरिएको कार्यलाई राजनीतिक प्रतिशोध साँध्न केही नेताहरूको बहकाउमा आफ्नाविरुद्ध नारा जुलुस र दुष्प्रचार गरिएको मेयर यादवको भनाइ छ । उनले सो जग्गा व्यक्तिको नाममा दर्ता गराउन लागिएको विषयमा पनि कुनै सत्यता नरहेको दाबी गरेका छन् । बरु मिर्चैयाको गुदरी बजारमा रहेको बजारलाई व्यवस्थापनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १२ : ०२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल