काठमाडौँ – सिन्धुलीका युवराज पौडेल (सफल)ले विभिन्न पार्टीका १२ जना नेताहरुको नागरिकता छानबिन गर्न माग गरी गृह मन्त्रालयमा उजुरी दिएका छन् । उनले सोमबार पूर्व परराष्ट्रमन्त्री कांग्रेस नेता डा नारायण खड्कालगायत नेताविरुद्ध उजुरी दिएका हुन् ।
उजुरीमा नागरिकता र पीआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ। उजुरीमा पूर्वमन्त्री खड्कासहित मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा स्वर्णिम वाग्लेको दोहोरो नागरिकता रहेको दाबी गरिएको छ।
यसअघि पौडेलले राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेविरुद्ध अदालतमा उजुरी दिएका थिए। उनकै उजुरीपछि लामिछानेले मन्त्री र सांसद पद गुमाउनु परेको थियो ।














प्रतिक्रिया