बिपीको विचारलाई अँगालेर हिँडौँ : नेता कोइराला « Khabarhub

बिपीको विचारलाई अँगालेर हिँडौँ : नेता कोइराला


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेस बिपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अँगालेर हिँड्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी हुँदा विचारको राजनीति कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

बिपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोलाई नेपाली कांग्रेसले छाड्न नहुने उनको भनाइ थियो । “विचार विनाको राजनीतिबाट कुनै गन्तव्यमा पुग्न सकिँदैन”, उनले भने, “पार्टीको आउँदो १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसलाई भ्रष्टाचारमुक्त पार्टी, जनताप्रति उत्तरदायी र जवाफदेही पार्टीका रूपमा विकास गर्नुपर्छ ।”

नेपाली कांग्रेस प्रजातन्त्रप्रति विश्वास राख्ने पार्टी हो भन्दै नेता कोइरालाले कांग्रेस प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायलय, मानव अधिकार, व्यक्ति स्वतन्त्रता प्रति सधै प्रतिबद्ध रहेको यी कुरामा कसैसँग सम्झौता नगर्ने स्पष्ट गरे । उनले भने, “नेपाली कांग्रेसको विचारलाई गाउँगाउँसम्म पु¥याएर आम युवा तथा महिलालाई नेपाली कांग्रेसप्रति आकर्षित गर्न जरुरी छ ।”

तनहुँको उपनिर्वाचनको प्रचारप्रसारमा पुगेर फर्कनुभएको डा कोइरालाले तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले निर्वाचन जित्ने दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा उम्मेदवार बनेका डा स्वर्णिम वाग्लेलाई आफूले यसअघि चितवनबाट उपनिर्वाचन लड्न आग्रह गरेको तर उहाँ चितवनमा निर्वाचन लड्न नगएको नेता कोइरालालेबताए।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १० : २२ बजे

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ

विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने

एजेन्सी– चीनको साङ्घाईमा आगामी जुलाईमा  विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६