सुदूरपश्चिममा १५ जनामा कोरोना सङ्क्रमण « Khabarhub

सुदूरपश्चिममा १५ जनामा कोरोना सङ्क्रमण


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा चारसय १३ जनाको परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पाँचजनाको पीसीआर र १० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । यसअघि हिजो २२ जनामा सङ्क्रमण देखिएको थियो ।

हाल सङ्क्रमण पुष्टि भएका अधिकांश भारतबाट फर्किएका रहेका छन् । भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

सुदूरपश्चिममा हालसम्म छ लाख ५५ हजार नौसय ३१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार दुईसय ४५ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण यस प्रदेशमा छसय ३६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १० : ५२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल