९ दिनदेखि अनसनरत बिनुको मागबारे सरकार बेखबर « Khabarhub

९ दिनदेखि अनसनरत बिनुको मागबारे सरकार बेखबर


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माइतीघर मण्डलामा अनसन बसेको ९ दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले कुनै वास्ता गरेको छैन ।

प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकाशमा अनसनरत बिनुले भनिन्, ‘आज सत्याग्रहको नवौँ दिन न्याय नलिई  यहाँबाट नउठ्ने निर्णय गरेँ ।’

गत २७ वैशाखदेखि खुल्ला आकाशमा रातदिन अनसन बसिरहेकी उनी हावाहुरीसँगै भीषण वर्षा भएपछि भने नजिकैको रेस्टुरेन्टमा ओत लाग्ने गरेको पीडा सुनाउँछिन् ।

उनको मागका बारेमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत र काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भेटघाट गरेर गए पनि कुनै खबर नगरेको उनको भनाइ छ । ‘गृह मन्त्रालयका प्रवक्ता र काठमाडौँका सिडिओ साहेब आएर भेटघाट गरेर जानकारी लिनु भयो, तपाईँको माग सम्बोधन गर्छु भनेर जानु भएको थियो तर अहिलेसम्म कुनै पनि माग सम्बोधन गर्नुभएको छैन ।’ आफ्नो माग सम्बोधन नभएसम्म अनसन नतोड्ने उनले चेतावनी दिइन् ।

२०७५ सालमा आफूमाथि जर्बजस्ती करणी भएको र सो उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की, आफ्नो इच्छा विपरीत सम्बन्धबिच्छेद गराउने न्यायाधीश बद्रीप्रसाद ओली, आफूमाथि पटक-पटक बलात्कारको प्रयास गर्ने काकाससुरा पवन कठायत र पहिला बलात्कार गरेर विवाहको नाटक गरी सबन्ध विच्छेद गर्ने प्रदीप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुँदे माग राखेर उनी अनसनरतमा बसेकी हुन्।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ९ : ३४ बजे

उदयपुर सिमेन्टमा पुगेर बालेन भन्छन्- उद्योग देशका मेरुदण्ड हुन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार