९ दिनदेखि अनसनरत बिनुको मागबारे सरकार बेखबर « Khabarhub

९ दिनदेखि अनसनरत बिनुको मागबारे सरकार बेखबर


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माइतीघर मण्डलामा अनसन बसेको ९ दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले कुनै वास्ता गरेको छैन ।

प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकाशमा अनसनरत बिनुले भनिन्, ‘आज सत्याग्रहको नवौँ दिन न्याय नलिई  यहाँबाट नउठ्ने निर्णय गरेँ ।’

गत २७ वैशाखदेखि खुल्ला आकाशमा रातदिन अनसन बसिरहेकी उनी हावाहुरीसँगै भीषण वर्षा भएपछि भने नजिकैको रेस्टुरेन्टमा ओत लाग्ने गरेको पीडा सुनाउँछिन् ।

उनको मागका बारेमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत र काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भेटघाट गरेर गए पनि कुनै खबर नगरेको उनको भनाइ छ । ‘गृह मन्त्रालयका प्रवक्ता र काठमाडौँका सिडिओ साहेब आएर भेटघाट गरेर जानकारी लिनु भयो, तपाईँको माग सम्बोधन गर्छु भनेर जानु भएको थियो तर अहिलेसम्म कुनै पनि माग सम्बोधन गर्नुभएको छैन ।’ आफ्नो माग सम्बोधन नभएसम्म अनसन नतोड्ने उनले चेतावनी दिइन् ।

२०७५ सालमा आफूमाथि जर्बजस्ती करणी भएको र सो उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की, आफ्नो इच्छा विपरीत सम्बन्धबिच्छेद गराउने न्यायाधीश बद्रीप्रसाद ओली, आफूमाथि पटक-पटक बलात्कारको प्रयास गर्ने काकाससुरा पवन कठायत र पहिला बलात्कार गरेर विवाहको नाटक गरी सबन्ध विच्छेद गर्ने प्रदीप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुँदे माग राखेर उनी अनसनरतमा बसेकी हुन्।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ९ : ३४ बजे

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता