झापा र रुपन्देहीबाट लागूऔषधसहित ५ जना समातिए « Khabarhub

झापा र रुपन्देहीबाट लागूऔषधसहित ५ जना समातिए


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  झापा र रुपन्देहीबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका-४ अडिया महलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय दाम भन्ने सुसन धिमालसमेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उक्त घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ बस्ने ४२ वर्षीय नारायण प्रसाद सिंजापतिसमेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान गर्ने क्रममा सोही उपमहानगरपालिका-१९ बस्ने ४१ वर्षीया माया गुरुङलाई १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद २ हजार ५ सय रुपैयाँ र नियन्त्रित लागूऔषध स्पासमुक ३३ क्यापसुलसहित प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १ : ०० बजे

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग