सम्पत्ति शुद्धिकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल « Khabarhub

सम्पत्ति शुद्धिकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको आज सम्पन्न बैठकले आफ्नो आन्तारिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकले उक्त कार्यविधि सर्वसम्मत पारित गरेको हो । समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि अर्का ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा बैठक बसेको थियो ।

समितिका सबै सदस्यले  बैठकमा प्रस्तुत सम्पत्ति शुद्धिकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दफावार छलफलका लागि तत्काल अघि बढाउन समितिले पारित गरेर पठाउनुपर्ने धारणा व्यक्त गरेका थिए । सो बमोजिम बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन,  सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन (तेस्रो संशोधन), २०७९ माथि छलफल प्रारम्भ भएको छ ।

यही जेठ २ गते पहिलो पटक बसेको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्याय र सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङग) निवारण ऐन तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन विधेयक समितिमा आएकाले यसमा  दफाबार छलफल गरी निष्कर्षमा पुर्‍याउनुपर्ने जानकारी गराएका थिए ।

सङ्क्रमणकालीन न्यायका सम्बन्धमा १८६ वटा संशोधन परेको छ । उक्त विषयमा अब समितिमा दफावार छलफल प्रारम्भ भएको हो । समितिको बैठक भोलि ११ बजे पुनः बस्नेछ । दफावार छलफललाई निरन्तरता दिइने आजको बैठकका सभापति गुप्ताले बैठकमा जानकारी गराए ।

समितिको बैठकको कार्यविधिमा बिनासूचना निरन्तर पाँचवटा बैठकमा उपस्थित हुन नसके समितिको सदस्यबाट निष्कासन गरिनसक्ने व्यवस्था छ । तर समितिका सदस्यले बैठकमा उपस्थित हुन नसक्नाको लिखित कारण समितिका सभापतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  १ : १३ बजे

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा

मेयरमा पराजितलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको जिम्मा दिएकोमा प्राध्यापकको आपत्ति 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौंको मेयरमा पराजित किशोर