जनशक्ति खोज्न रोजगार मेला आयोजना गरिने « Khabarhub

जनशक्ति खोज्न रोजगार मेला आयोजना गरिने


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याई आ–आफ्नो आवश्यकतानुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले रोजगार मेला आयोजना गर्ने भएको छ ।

मध्यपुरथिमिले विद्यार्थी तथा युवाको वृत्तिविकासमा टेवा पुर्याउन वृत्ति परामर्श सेवा र रोजगारीमा टेवा पुर्याउन यही असार १६ गते शनिबार वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला आयोजना गर्न लागेको नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए ।

मेलाले स्थानीय सरकारलाई नगर क्षेत्र, जिल्लामा के–कति र कस्ता क्षेत्रमा रोजगारीको अवसर रहेछ भन्ने जानकारी हुनुका साथै बेरोजगार युवा कस्ता किसिमका तालिममा संलग्न हुन् चाहन्छन् भन्ने बारेमा जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

मेलामा युवा विद्यार्थीलाई वृत्तिविकास सम्बन्धी परामर्श सेवा दिइने, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी गरिने, तालिमबारे जानकारी एवं रोजगारसम्बन्धी सूचना दिइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिइने, स्थानीय उत्पादनको प्रदर्शनी गरिने, स्थानीय रोजगारीको अवसरको पहिचान तथा जानकारी दिइने र रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने आयोजकको भनाइ छ ।

मेलामा युवालाई बजारको मागअनुसार के–कस्ता सीपयुक्त तालिम आवश्यक छ भन्नेबारेमा जानकारी दिने, उद्योगलाई सीपयुक्त, अर्धसीपयुक्त जनशक्ति पहिचान गर्न अवसर मिल्ने र नगर क्षेत्र एवं जिल्लामा कति बेरोजगार युवा रहेछन् भन्नेबारेमा तथ्याङ्क सङ्कलनमा मेलाले टेवा पुर्याउने छ ।

दक्ष सीपयुक्त युवाहरूको सीप रोजगारदाताको मागसँग मेल खाए मेलामै अन्तर्वार्ता लिई रोजगारीको सुनिश्चितता गरिने बताइएको छ । यस्तै, मेलामा उद्यम व्यवसाय सुरु गर्न चाहनेहरूका लागि उपयुक्त जानकारी गराइने, सफल उद्यमीको कथा, अनुभव तथा सिकाइको आदानप्रदान पनि गरिने छ ।

नगरपालिकाले नपाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यको संयोजकत्वमा मेला आयोजक समिति गठन गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : ४७ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय