पानी सञ्चितिका लागि पोखरी निर्माण | Khabarhub Khabarhub

पानी सञ्चितिका लागि पोखरी निर्माण


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटार फाँटमा हिउँदे सिँचाइका लागि पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको छ ।

सुक्खायामका बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए । करिब पाँच सय रोपनी बाँझो जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको उनको भनाइ छ ।

बूढीगण्डकी नदीको पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँको सुक्खायाम महादेवटार फाँटमा हिउँदे तरकारी बालीमा सिँचाइको सुविधा पुर्याइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । 

महादेवटार लिफ्ट सिँचाइ योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारमार्फत पोखरी निर्माणका लागि बजेट प्राप्त भएको उनले बताए । ‘महादेवटार ठूलो टार हो, सिँचाइ अभावका कारण हिउँदयाममा जमिन त्यत्तिकै बाँझो राख्नुपर्ने बाध्यता यहाँका किसानको छ, तरकारी खेतीका लागि मात्र भने पनि मोटर लगाएर नदीबाट पानी तानेर सिँचाइ गर्ने गरी पोखरी निर्माण गरिएको हो’, वडाध्यक्ष श्रेष्ठले भने ।

पोखरी निर्माण सम्पन्न भएपछि महादेवटारका करिब दुई सय घरपरिवारले करेसाबारीमा हिउँदे सिँचाइ सुविधा प्राप्त गर्ने स्थानीयवासी रामकुमार दरैले जानकारी दिए । ‘नदीमा मोटर जडान गरी फलामको पाइपमार्फत पोखरीसम्म पानी तान्ने व्यवस्था गरिएको छ’, उनले भने, ‘यो योजनाबाट यहाँका स्थानीयले तरकारी खेती गरी पर्याप्त लाभ लिनसक्ने सक्नेछन् ।’

पोखरीमा जम्मा हुने पानीबाट महादेवटार क्षेत्रका करिब पाँच सय रोपनीभन्दा बढी जमिनमा हिउँदका बेलामा तरकारी खेतीमा सिँचाइ गर्न सकिने उनको भनाइ छ ।

योजना सम्पन्न भए पनि आगामी हिँउददेखि महादेवटारका किसानले हिउँदे तरकारी बालीका लागि सिँचाइ सुविधा प्राप्त गर्ने स्थानीयवासी दरैले बताए । योजना सम्पन्न गर्न स्थानीयवासीले उपभोक्ता समितिमार्फत पोखरी निर्माण गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : २१ बजे

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

जनकपुरधाम– मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी

बक्यौता माग्दै उखु बोकेर धर्ना बसे किसान (तस्बिरहरू)

काठमाडौं– उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१/०८२ को

‘काजी’मा विपीन, केकी र गरिमा

काठमाडौं- नायक विपिन कार्की, नायिकाद्वय केकी अधिकारी र गरिमा शर्मालाई

राष्ट्रपति भेट्न पुगे विपिन जोशीका परिवार

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका

बन्धक रिहाइ र युद्धविराम माग गर्दै इजरायलमा थप प्रदर्शन

एजेन्सी – गाजापट्टीमा सक्रिय लडाकु समूह हमासलाई निमिट्यान्न पार्ने भन्दै