नवलपरासीमा सवारीसाधन दुर्घटनामा कमी « Khabarhub

नवलपरासीमा सवारीसाधन दुर्घटनामा कमी


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा  सवारीसाधन दुर्घटनामा कमी आएको छ । पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार दुर्घटनामा मानवीय क्षति पनि कम भएको पाइएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार पूर्वपश्चिम राजमार्ग विस्तारसँगै दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष २०७९-८० मा ७५ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको ज्यान गएको थियो । आर्थिक वर्ष २०७५-७६ मा एक सय १८ सवारीसाधन दुर्घटनामा परी ७० जनाको मृत्यु भएको थियो । 

यस्तै आव २०७६-७७ मा ९५, आव २०७७-७८ मा ६४ र आव २०७८-७९ मा ३९ सवारीसाधन दुर्घटना भएका थिए । दुर्घटनामा परी आव २०७६-७७ मा ५४, आव २०७७-७८ मा ४६ र आव २०७८-७९ मा ४१ जनाको ज्यान गएको प्रहरी निरीक्षक पौडेलले बताए । जिल्लामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्म ६८ किलोमिटर सडक पर्छ । 

‘सडक विस्तार हुनुअघि दुर्घटनाको दर बढी थियो’, उनले भने, ‘सडक विस्तार गर्दा दुर्घटनामा कमी आएको छ ।’ अधिकांश दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएको छ । सडकको अवस्था र चालकको लापरबाहीका कारण पनि दुर्घटना अत्यधिक हुने गरेको उनको भनाइ छ । सवारीसाधन दुर्घटना कमी ल्याउन सचेतना कार्यक्रम, ट्राफिक सप्ताह, सुरक्षा जाँच वृद्धिलगायतका काम गर्दैआएको पौडेलले बताए।

‘सवारीसाधनको अवस्था तथा चालकको स्वास्थ्य परीक्षणसमेत गर्ने गरेका छौँ’, उनले भने । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शैक्षिक संस्थामा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ३ : ५३ बजे

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक