नवलपरासीमा सवारीसाधन दुर्घटनामा कमी | Khabarhub Khabarhub

नवलपरासीमा सवारीसाधन दुर्घटनामा कमी


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा  सवारीसाधन दुर्घटनामा कमी आएको छ । पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार दुर्घटनामा मानवीय क्षति पनि कम भएको पाइएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार पूर्वपश्चिम राजमार्ग विस्तारसँगै दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष २०७९-८० मा ७५ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको ज्यान गएको थियो । आर्थिक वर्ष २०७५-७६ मा एक सय १८ सवारीसाधन दुर्घटनामा परी ७० जनाको मृत्यु भएको थियो । 

यस्तै आव २०७६-७७ मा ९५, आव २०७७-७८ मा ६४ र आव २०७८-७९ मा ३९ सवारीसाधन दुर्घटना भएका थिए । दुर्घटनामा परी आव २०७६-७७ मा ५४, आव २०७७-७८ मा ४६ र आव २०७८-७९ मा ४१ जनाको ज्यान गएको प्रहरी निरीक्षक पौडेलले बताए । जिल्लामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्म ६८ किलोमिटर सडक पर्छ । 

‘सडक विस्तार हुनुअघि दुर्घटनाको दर बढी थियो’, उनले भने, ‘सडक विस्तार गर्दा दुर्घटनामा कमी आएको छ ।’ अधिकांश दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएको छ । सडकको अवस्था र चालकको लापरबाहीका कारण पनि दुर्घटना अत्यधिक हुने गरेको उनको भनाइ छ । सवारीसाधन दुर्घटना कमी ल्याउन सचेतना कार्यक्रम, ट्राफिक सप्ताह, सुरक्षा जाँच वृद्धिलगायतका काम गर्दैआएको पौडेलले बताए।

‘सवारीसाधनको अवस्था तथा चालकको स्वास्थ्य परीक्षणसमेत गर्ने गरेका छौँ’, उनले भने । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शैक्षिक संस्थामा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ३ : ५३ बजे

बुङ्गल हाइड्रोको आइपीओ भदौ १६ गते निष्काशन हुने

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव