तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख « Khabarhub

तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९-८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो । 

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत हो । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भने– ‘बिरेनूनको गन्ध नआउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ ।’ गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान गरेका थिए । 

बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत रु ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट रु २५ लाख ८८ हजार आम्दानी भएको छ । चन्दाबापत रु चार लाख सोह् हजार, मन्दिरको भेटी पाँच लाख ३० हजार, आजीवन सदस्यताबाट तीन लाख आठ हजार तथा  ब्याजबाट १७ हजार आम्दानी भएको छ । 

प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताएका। तातोपानी संकलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति तीन सय ५० शुल्क तोकिएको छ । बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन् । 

अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि रु १३ लाख ६४ हजार उपलब्ध गराइएको छ । कुण्डका कर्मचारीको तलबमा रु ११ लाख ३३ हजार, संरचना निर्माण र मर्मतमा रु दश लाख ८९ हजारसहित कूल रु एक करोड ३६ लाख १९ हजार खर्च भएको छ । आर्थिक वर्ष २०७८-७९ मा रु एक करोड १७ लाख २२ हजार, आव २०७७-७८ मा रु ७८ लाख एक हजार, आव २०७६-७७ मा रु एक करोड १३ लाख ४९ हजार, आव २०७५-७६ मा ९९ लाख ४२ हजार तथा आव २०७४-७५ मा रु ६५ करोड छ लाख आम्दानी भएको थियो । 

यस्तै आर्थिक वर्ष २०७४-७५ मा रु २६ लाख ५७ हजार, आव २०७५-७६ मा ९६ लाख १० हजार, आव २०७६-७७ मा रु एक करोड १४ लाख २३ हजार, आव २०७७÷७८ मा एक करोड १४ लाख ५२ हजार तथा आव २०७८-७८ मा रु एक करोड ९० लाख ५६ हजार खर्च भएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ४ : ४२ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको