तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख | Khabarhub Khabarhub

तातोपानी कुण्डको आम्दानी एक करोड ३७ लाख


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९-८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो । 

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत हो । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भने– ‘बिरेनूनको गन्ध नआउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ ।’ गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान गरेका थिए । 

बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत रु ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट रु २५ लाख ८८ हजार आम्दानी भएको छ । चन्दाबापत रु चार लाख सोह् हजार, मन्दिरको भेटी पाँच लाख ३० हजार, आजीवन सदस्यताबाट तीन लाख आठ हजार तथा  ब्याजबाट १७ हजार आम्दानी भएको छ । 

प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताएका। तातोपानी संकलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति तीन सय ५० शुल्क तोकिएको छ । बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन् । 

अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि रु १३ लाख ६४ हजार उपलब्ध गराइएको छ । कुण्डका कर्मचारीको तलबमा रु ११ लाख ३३ हजार, संरचना निर्माण र मर्मतमा रु दश लाख ८९ हजारसहित कूल रु एक करोड ३६ लाख १९ हजार खर्च भएको छ । आर्थिक वर्ष २०७८-७९ मा रु एक करोड १७ लाख २२ हजार, आव २०७७-७८ मा रु ७८ लाख एक हजार, आव २०७६-७७ मा रु एक करोड १३ लाख ४९ हजार, आव २०७५-७६ मा ९९ लाख ४२ हजार तथा आव २०७४-७५ मा रु ६५ करोड छ लाख आम्दानी भएको थियो । 

यस्तै आर्थिक वर्ष २०७४-७५ मा रु २६ लाख ५७ हजार, आव २०७५-७६ मा ९६ लाख १० हजार, आव २०७६-७७ मा रु एक करोड १४ लाख २३ हजार, आव २०७७÷७८ मा एक करोड १४ लाख ५२ हजार तथा आव २०७८-७८ मा रु एक करोड ९० लाख ५६ हजार खर्च भएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ४ : ४२ बजे

निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुन्छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारी

अज्ञात समूहद्वारा बङ्गलादेशमा अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास

ढाका- ‘इन्टरनेसनल इन्स्टिच्युट अन फासिजम एन्ड जेनोसाइडको ब्यानरमा रहेको एउटा

आदिवासीको उत्थान गर्न आर्थिक समृद्धिको ढाँचा आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा भएका आदिवासी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँ : वित्त आयोग

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति

नागरिक सहभागिता सुनिश्चित गरी कानुन बनाइरहेका छौँ : मन्त्री चौरसिया

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नागरिकको सहभागिता