जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या घट्दै « Khabarhub

जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या घट्दै


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ । विगत वर्षको तुलनामा गत आवमा जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्यामा कमी आएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाइले जानकारी दिए ।

उक्त कार्यालयको तथ्याङ्कनुसार आर्थिक वर्ष २०७७/७८ मा जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या आठ सय ६० जना थियो । जसमा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय ९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ किशोरी रहेका छन् । पातारासीमा एक सय ३४, कनकासुन्दरीमा ९०, सिञ्जामा ६८, गुठीचौरमा ९५, तिलामा एक सय ४० र हिमामा ७७ जना गरी जम्मा आठ सय ६० जुम्लाका किशोरी सो आवमा उमेर नपुग्दै गर्भवती अर्थात् आमा बनेका थिए ।

उनीहरूबाट जन्मिएका एक सय ८० बच्चा कम तौलका रहेको सो कार्यालयले जनाएको छ । दुई वर्ष पहिला २० वर्ष नपुग्दै आमा अर्थात् गर्भवती हुने किशोरीको सङ्ख्या आठ सय ६० रहेकोमा आव २०८९/८० मा दोब्बरले घटेर तीन सय १० कायम भएको कार्यालय प्रमुख सुमाइको भनाइ छ ।

तीन सय १० जना किशोरीमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय २७ जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सबैभन्दा कम सिञ्जा गाउँपालिकामा पाँच जना २० वर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले बढी देखिएको हो ।

यस वर्षको तथ्याङ्कले जुम्लामा बालविवाह घट्दै गएको देखाए पनि अवस्था सन्तोषजनक नरहेको तातोपानीका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंले जानकारी दिए । अझै गाउँघरमा बालविवाहका असर तथा कानुनी दण्ड सजायबारे सचेतना फैलाउन जरुरी रहेको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए । तथ्याङ्कले बालविवाहमा अपेक्षित सुधार नआए पनि बालविवाह दर घट्दो क्रममा रहेको स्थानीय तहका महिला तथा बालबालिका शाखाले जनाएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ८ : २८ बजे

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले