बाघको आक्रमणबाट चितवनमा तीन जना घाइते « Khabarhub

बाघको आक्रमणबाट चितवनमा तीन जना घाइते


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

चितवन – बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेका छन्। निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट घाइते उहाँहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइँदै गरिएको कार्यालयले जनाएको छ । बाघले ५ः२० वजे आक्रमण गरेको हो ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ९ : २६ बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा