नाइजेरियामा सशस्त्र गिरोहसँगको भिडन्तमा ३६ सैनिकको मृत्यु « Khabarhub

नाइजेरियामा सशस्त्र गिरोहसँगको भिडन्तमा ३६ सैनिकको मृत्यु


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अबुजा– नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र विद्रोहीहरू विरुद्धको अभियानका क्रममा एम्बुस र हेलिकप्टर दुर्घटना हुँदा ३६ नाइजेरियाली सैनिकको मृत्यु भएको छ।

नाइजेरियाली सेनाका अनुसार उत्तरी क्षेत्रमा सशस्त्र गिरोहहरूसँगको झडपको क्रममा आतङ्ककारीहरूले आक्रमण गरेको थियो।

स्थानीयहरुले हेलिकप्टरलाई छिमेकी नाइजरको वुशीशीमा सशस्त्र गिरोहहरूले गोली हानेको बताए । यसले नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीहरूको बढ्दो शक्तिलाई लिएर चिन्ता बढाएको छ।

रक्षा प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले सञ्चारमाध्यमलाई भने, ‘सेनाले सोमबारदेखि नाइजरमा अपरेशन गरिरहेको थियो, जब सशस्त्र गिरोहहरूले उनीहरूलाई आक्रमण गरे।आक्रमण र गोली हानाहानमा तीन सैनिक अधिकृत र २२ सैनिकको मृत्यु भएको उनले बताए । सात सैनिक घाइते भएका छन् ।

यस आक्रमणले नाइजेरियाका राष्ट्रपति बोला अहमद अडेकुन्ले टिनुबुका लागि नयाँ चुनौतीहरू खडा भएको छ । हालैको सैन्य कू पछि छिमेकी नाइजरमा प्रजातन्त्र पुनर्स्थापना गर्न इकोवासको पश्चिम अफ्रिका क्षेत्रीय ब्लकद्वारा प्रयासहरूको नेतृत्व गरिरहेका छन्।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : ५८ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा