सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटि मान्न सकिन्न : मन्त्री गुरुङ « Khabarhub

सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटि मान्न सकिन्न : मन्त्री गुरुङ


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटि मान्न नसकिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले त्रिभुवन विमास्थलबाट बाहिरिएको सुन प्रकरणलाई पहेँलो हात्तीको संज्ञा दिँदै सामान्य त्रुटि मान्न नसकिने बताएका हुन् ।

उक्त प्रकरणको एक छानबिन प्रतिवेदनमा साधारण हेलचेक्र्याईँले सुन तस्करी भएको खबर पढेको भन्दै उनले त्यति ठूलो पहेँलो हात्ती अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिनु सामान्य हुनै नसक्ने तर्क गरे । मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थीदेखि सुन प्रकरणको अनुसन्धानमा दोषी देखिने कसैलाई नछाड्ने स्पट पारे ।

मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनका लागि टिप्पणी उठाउनेहरुको हातमा मात्रै हतकडी लगाएर नपुग्ने र टिप्पणी उठाउन आदेशहरु दिनेहरुलाई सलाम ठोक्ने प्रवृति अन्त्य हुनुपर्ने उनले बताए । उनले सरकारको कार्यक्रममा उच्च तहका व्यक्तिहरुको सम्पती छानबिन गर्नुपर्छ भनेर देखाउनका लागि मात्रै लेखिएको नभइ कार्यान्वयन नै हुने स्पष्ट पारे ।

त्यस्तै, मन्त्री गुरुङले आफू अहिले निको भएर काममा फर्किएको भन्दै आफ्नो उपचारमा लाग्ने खर्च सरकारी कोषबाट नलिने बताए ।

आफू मन्त्रालयमा आएपछि कर्मचारीहरुले नै उपचार खर्च लिने विषयमा सल्लाह सुझाव दिएको र गरिब नेपालीहरुलाई निशुल्क उपचार गर्न नसकिएसम्म कुनै उपचार खर्च नलिने स्पष्ट पारेको उनले बताए ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ४ : ५३ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले