स्याउला काट्न रुख चढेकी महिलाको लडेर मृत्यु « Khabarhub

स्याउला काट्न रुख चढेकी महिलाको लडेर मृत्यु


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीया महिलाको स्थानीय जङ्गलमा स्याउला काट्न रुखमा चढ्दा लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जङ्गलमा खसी, बाख्रालाई स्याउला काट्न गएकी ३५ वर्षीया अनिता खड्का हाडे रुखमा चढेर स्याउला काट्न लाग्दा हाँगा भाँचिएर भुइँमा खसी सख्त घाइते भएकी थिइन् ।

तत्काल स्थानीयवासीले घाइते खड्कालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

अहिले खड्काको शवलाई जिल्ला अस्पतालमा नै शव परीक्षण गर्ने तयारी भइरहेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ५ : १९ बजे

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट