बाल यौन दुर्व्यवहार मुद्दामा प्रअलाई नौ महिना कैद « Khabarhub

बाल यौन दुर्व्यवहार मुद्दामा प्रअलाई नौ महिना कैद


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओखलढुङ्गामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजाय तोकिएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो ।

दुई छात्रालाई यौन दुव्र्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुर्व्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित रु ५० हजार क्षतिपूर्ति र रु २० हजार जरिवाना असुलउपर गर्नुपर्ने स्रेस्तेदार विनोदकुमार घिमिरेले बताए ।

गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुव्र्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो ।

साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध गत साउन २९ गते सो सजाय सुनाएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ६ : ०८ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले