श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको आग्रह « Khabarhub

श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको आग्रह


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी कहालीलाग्दो मूल्य वृद्धिमा सरकारले साउन ३२ गते राजपत्रमार्फत श्रमिकलाई मासिक रु १७ हजार तीन सय दिने व्यवस्था गरेको भन्दै उक्त रकमले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या हुने भएकाले रासन कार्डको व्यवस्था मिलाउन आग्रह गरे ।

“नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको पारिश्रमिक न्यूनतम रु २५ हजार हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको अवस्थामा सरकारले राजपत्रमा प्रकाशित गरेको श्रमिकको पारिश्रमिकले जम्मा १७ हजार तीन सय बनाएको छ, यसले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या हुन्छ”, महासचिव राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सरकारले चिया क्षेत्रमा गरिएको न्यूनतम तलबरज्याला भेद्भाव गरेको ट्रेड युनियन कांग्रेसले जनाएको छ ।

श्रम ऐन, २०७४ को दफा १०७ अनुसार गठित सरकार, रोजगारदाता र ट्रेड युनियन रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले दुई/दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान विपरीत बजारको मूल्य वृद्धिलाई नजरअन्दाज गरेर सरकारले एकलौटी ढङ्गले श्रमिकको पारिश्रमिक वृद्धि गरेकोप्रति ट्रेड युनियन कांग्रेसले विमती जनाएको छ ।

महासचिव राईले सरकारले विगतमा सम्पूर्ण श्रमिकलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने, सामाजिक सुरक्षा कोषमा सङ्लग्न नगराउने गरेको तोकिएको पाइएकाले पारिश्रमिक अनिवार्य रुपमा लागू गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : २८ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा