तीज पर्वले महिलाहरूको समान पहुँचलाई सशक्त बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

तीज पर्वले महिलाहरूको समान पहुँचलाई सशक्त बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताएकी छिन् ।

हरितालिका (तीज)को शुभकामना दिँदै उनले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले हरितालिका तीज नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा मौलिक धार्मिक तथा सांस्कृतिक पर्व रहेको भन्दै देश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यको शुभकामना व्यक्त गरेकी हुन् ।

उनले सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमालाई सदा उच्च राख्नु पर्नेमा जोड दिएकी छिन् ।

उनले हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा हामी सबै क्रियाशील रहन आवश्यक रहेको बताएकी छिन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : ३२ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र