मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने « Khabarhub

मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

बागमतीहेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अध्यक्षतामा आज यहाँ बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । 

प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित सर्वदलीय एवम् सर्वपक्षीय  बैठकमा प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद, शिक्षासँग सम्बन्धित विपद् एवम् विशेषज्ञ तथा प्रशासनिक निकायका प्रमुखको बैठकले क्याम्पसलाई विश्वविद्यालय बनाउने सहमति गरेको हो । विश्वविद्यालय निर्माणका लागि हस्ताक्षर संकलन पनि गरिने छ ।

उक्त क्याम्पसलाई विश्वविद्यालय बनाउनु आफैँमा गौरवको विषय भएकाले तदारुकताका काम अगाडि बढाउनुपर्नेमा बैठकमा सहभागीले जोड दिएका थिए । 

बैठकमा प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्यहरू एकलाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख ललित घलान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर थापालगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ४ : ४८ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने