घरेलु बक्स अफिसमा ‘जवान’ को शानदार प्रर्दशन कायमै « Khabarhub

घरेलु बक्स अफिसमा ‘जवान’ को शानदार प्रर्दशन कायमै


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- शाहरुख खान अभिनित ‘जवान’ ले घरेलु बक्स अफिसमा आफ्नो शानदार प्रर्दशनलाई कायमै राखेको छ । पहिलो हप्ता बक्स अफिसमा एकछत्र राज गरेको चलचित्रको दोस्रो हप्ताको अन्त्यमा अझै क्रेज घटेको छैन ।

दोस्रो शनिबार चलचित्रले ३१.५० करोड भारु आम्दानी गरेको छ । योसँगै चलचित्रले घरेलु बक्स अफिसमा खुद ४४०.४८ करोड भारु कमाइसकेको छ ।

एट्ली निर्देशित चलचित्रले अब चाँडै ५ सय करोड क्लबमा प्रवेश गर्ने देखिएको छ । जवानले शनिबार हिन्दी बजारमा ३७.२९ प्रतिशत अकुपेन्सी पाएको थियो । धेरै दर्शक रात्रिकालीन शोमा चलचित्र हेर्न गएका थिए ।

तमिल र तेलुगुमा यो दर क्रमशः ३.५१ र २९.४० प्रतिशत रहेको थियो । चलचित्र निर्माता कम्पनी रेड चिलिज इन्टरटेनमेन्टका अनुसार जवानले विश्वभरबाट ७३५.०२ करोड भारु कमाएको छ । आगामी हप्ता चलचित्रले १ हजार करोडको आँकडा पार गर्ने कम्पनीको अपेक्षा रहेको छ ।

यदि घरेलु बजारमा जवानले ५ सय करोड भारु आम्दानी गर्‍यो भने यो वर्ष यो कोशेढुंगा पार पर्ने यो तेस्रो चलचित्र हुनेछ । बलिउडमा अहिलेसम्म यस्तो कहिले पनि भएको थिएन ।

शाहरुखकै पठानले ५४३.०५ करोड भारु कमाएको थियो भने त्यसपछि रिलिज भएको सनी देओलको गदर–२ ले ५१७.२८ कमाएको थियो ।
यी तीन चलचित्र बाहेक कुनै पनि हिन्दी चलचित्रले आजसम्म घरेलु बक्स अफिसमा ४ सय करोड भारुको कोशेढुंगा पार गरेको थिएन । यसअघि दंगलले ३८७.३८ करोड भारु कमाएको थियो ।

स्रोत- एएनआई

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ७ : १६ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त