घरेलु बक्स अफिसमा ‘जवान’ को शानदार प्रर्दशन कायमै « Khabarhub

घरेलु बक्स अफिसमा ‘जवान’ को शानदार प्रर्दशन कायमै


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- शाहरुख खान अभिनित ‘जवान’ ले घरेलु बक्स अफिसमा आफ्नो शानदार प्रर्दशनलाई कायमै राखेको छ । पहिलो हप्ता बक्स अफिसमा एकछत्र राज गरेको चलचित्रको दोस्रो हप्ताको अन्त्यमा अझै क्रेज घटेको छैन ।

दोस्रो शनिबार चलचित्रले ३१.५० करोड भारु आम्दानी गरेको छ । योसँगै चलचित्रले घरेलु बक्स अफिसमा खुद ४४०.४८ करोड भारु कमाइसकेको छ ।

एट्ली निर्देशित चलचित्रले अब चाँडै ५ सय करोड क्लबमा प्रवेश गर्ने देखिएको छ । जवानले शनिबार हिन्दी बजारमा ३७.२९ प्रतिशत अकुपेन्सी पाएको थियो । धेरै दर्शक रात्रिकालीन शोमा चलचित्र हेर्न गएका थिए ।

तमिल र तेलुगुमा यो दर क्रमशः ३.५१ र २९.४० प्रतिशत रहेको थियो । चलचित्र निर्माता कम्पनी रेड चिलिज इन्टरटेनमेन्टका अनुसार जवानले विश्वभरबाट ७३५.०२ करोड भारु कमाएको छ । आगामी हप्ता चलचित्रले १ हजार करोडको आँकडा पार गर्ने कम्पनीको अपेक्षा रहेको छ ।

यदि घरेलु बजारमा जवानले ५ सय करोड भारु आम्दानी गर्‍यो भने यो वर्ष यो कोशेढुंगा पार पर्ने यो तेस्रो चलचित्र हुनेछ । बलिउडमा अहिलेसम्म यस्तो कहिले पनि भएको थिएन ।

शाहरुखकै पठानले ५४३.०५ करोड भारु कमाएको थियो भने त्यसपछि रिलिज भएको सनी देओलको गदर–२ ले ५१७.२८ कमाएको थियो ।
यी तीन चलचित्र बाहेक कुनै पनि हिन्दी चलचित्रले आजसम्म घरेलु बक्स अफिसमा ४ सय करोड भारुको कोशेढुंगा पार गरेको थिएन । यसअघि दंगलले ३८७.३८ करोड भारु कमाएको थियो ।

स्रोत- एएनआई

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ७ : १६ बजे

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।