१९औँ एशियाली खेलका विजेता तथा प्रशिक्षकलालाई सांसद चौधरीले गरे सम्मान « Khabarhub

१९औँ एशियाली खेलका विजेता तथा प्रशिक्षकलालाई सांसद चौधरीले गरे सम्मान


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले हालै सम्पन्न १९औँ एशियाली खेलकुद प्रतियोगितामा पदक विजेता तथा प्रशिक्षकहरुलाई सम्मान गरेका छन् ।

नेपाललाई विभिन्न खेलमा पदक जिताएपनि सरकारद्वारा वेवास्ता गरिएको भन्दै सांसद चौधरीले खेलाडीहरुको आत्मसम्मान् र उत्प्रेरणा बढाउने उदेश्यले सम्मान गरेका हुन् । सांसद चौधरीका अनुसार विभिन्न विधाका खेलाडी तथा प्रशिक्षकहरु गरेर ८५ जनालाई सम्मानित गरिएको छ । सोही कार्यक्रमको अवसरमा थारु जातिका विभिन्न अन्तर्राष्ट्रिय खेलाडीहरुलाई पनि सम्मानित गरिएको छ ।

‘हाम्रो देशलाई खेलाडीहरुले विभिन्न खेलमार्फत विश्वभर चिनाइरहेका छन् । तर, सरकारले उनीहरुलाई आवश्यक तालिम, प्रशिक्षण पनि राम्रोसँग दिएको पाइँदैन । खेलाडीहरुका थुप्रै समस्याहरु छन्, आवश्यक र उचित सेवा सुविधा पनि दिइँदैन’, उनले भने, ‘सरकारले आगामी दिनमा आम खेलाडीहरुको तमाम समस्या बुझेर त्यसको समाधान गर्दै उच्च सम्मान दिएर उत्प्रेरित गर्दै जानुपर्छ ।’

सरकारले खेल क्षेत्र र खेलाडीहरुका हकहितको संरक्षण नगरेका कारण पछिल्लो समय नेपाली खेलाडीहरु पलायन हुन थालेको बताउँदै यस्तो परिस्थितिको सिर्जना हुँँदा राष्ट्रलाई अतुलनीय क्षति हुने सांसद चौधरीको तर्क छ ।

चीनको होङ्झाओमा भएको एसियाली खेलकुद प्रतियोगितामा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो । कराँते खेलाडी एरिका गुरुङले महिला कुमुते ६८ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक जितेकी थिइन् ।

एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । महिला कबड्डी टोली एसियाली खेलकुदको पहिलो सहभागितामै कांस्य पदक जितेको हो । त्यसैले यो पदक पनि नेपाली खेलकुदका लागि ऐतिहासिक बनेको छ ।

प्रतियोगितामा कराते तर्फ रजतपदक विजेता एरिका गुरुङले यस्ता कार्यक्रमले खेलाडीको मनोवल उच्च हुने भन्दै खुसी व्यक्त गरिन् ।

‘खेल मार्फत देशलाई चिनाउन पाउँदा खुसी लागेको छ । देशका लागि खेलेर फर्कँदा यसरी पाउने सम्मानले आगामी दिनमा थप मिहिनेत गर्दै अघि बढ्ने उत्प्रेरणाा मिल्छ’, गुरुङले भनिन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद संघका अध्यक्ष दिपक श्रेष्ठ, कबड्डी प्रशिक्षक पार्वती राई, कराते प्रशिक्षक बिर कृष्ण शाही, छोरी डङ्गोल, कुशल श्रेष्ठ, कबड्डी कास्य पदक विजेताका सम्पूर्ण खेलाडीहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ६ : ३२ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट