दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालको शानदार सुरुवात- यूएई ७ विकेटले पराजित, कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपालको महामन्त्री, चाडपर्वमा समस्या नआउने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्री बस्नेतको निर्देशन, जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन मुस्ताङवासीको मागलगायतका समाचारले प्रमुख स्थान पाए ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, राप्रपाबाहेक सबै पक्षमा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई तिहाइभन्दा धेरै विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको हो ।

बुधबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ र विपक्षमा ५ मत परेको हो । ९३ सदस्य रहेको प्रदेशसभा बैठकमा बुधबार ९१ सांसद उपस्थित रहेका थिए ।

कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपालको महामन्त्री

नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

पोखरामा व्यवसायी र समाजसेवीको पहिचान बनाएका कार्की नेपाली कांग्रेसको महासमिति सदस्य दिए । कांग्रेसको बार्हौ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्वाचनसमेत लडेका थिए ।

चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराए ।

पहिलो त्रैमासमा राजस्व संकलन १५ र बजेट खर्च १६ प्रतिशत

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासमा सरकारको राजस्व संकलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व संकलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आवका लागि सरकारले रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा रू दुई खर्ब ८० अर्ब ५७ करोड २५ लाख बराबर बजेट खर्च भएको छ । जुन खर्च वार्षिक विनियोजनको १६ दशमलव दुई प्रतिशत बराबर हो ।

चाडपर्वमा समस्या नआउने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्री बस्नेतको निर्देशन

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका थिए ।

सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उनले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन मुस्ताङवासीको माग

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मुस्ताङवासीले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन गरिदिन माग गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङको सदरमुकाम जोमसोममा आज आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहाल समक्ष स्थानीयवासीले सो माग राखेका हुन् ।

सत्ताइस हजारभन्दा बढी पशुलाई लगाइयो लम्पी स्किनविरुद्ध खोप

चितवनमा मा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ । तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भैँसी, एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२ पाठापाठी र दुई सय २३ गोरुमा खोप लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार रोगको सङ्क्रमण देखिन थालेपछि जेठदेखि जिल्लामा खोप लगाउन सुरु गरिएको हो । गत वैशाखमा रोगको सङ्क्रमण देखिएको थियो । लगाइएका खोपमध्ये केन्द्रले आठ हजार दुई हजार ५० खोप उपलब्ध गराएको थियो भने अन्य खोप स्थानीय पालिका एवं कृषकको अग्रसरतामा लगाइएको हो ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालको शानदार सुरुवात, यूएई ७ विकेटले पराजित

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ । बुधबार काठमाडौँको मूलपानी मैदानमा सम्पन्न खेलमा युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रन बनाए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले ३४ र आशिफ शेखले २३ रन जोडे । त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्न आएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ५८ बजे

तेस्रो युएसएड यात्रा कोहलपुरमा

बाँके – नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी

राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार : शङ्कर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले

अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौं – केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः

बागलुङमा पहिलो पटक भेटियो कालाजार

बागलुङ – बागलुङमा पहिरोपटक कालाजारको संक्रमण पुष्टी भएको छ ।

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

गाजा – इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा सन् २०२३