ज्येष्ठ नागरिकसम्बन्धी कानुनको कार्यान्वयन हुनुपर्छ : सभामुख घिमिरे « Khabarhub

ज्येष्ठ नागरिकसम्बन्धी कानुनको कार्यान्वयन हुनुपर्छ : सभामुख घिमिरे


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकको मर्यादित र सम्मानजनक जीवनका लागि व्यवस्था गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । तेत्तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा समाज कल्याण परिषद् र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको आयोजनामा  ‘शताब्दी व्यक्तित्व’ सम्मान तथा ‘शताब्दी व्यक्तित्व पुस्तक’ विमोचन कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

“नेपालमा ज्येष्ठ नागरिकको सम्मान र माया गर्ने प्रकृया विस्तारै विकास हुँदै गएको छ, “सभामुख घिमिरेले भने, “कमाउन सक्दा प्यारो, खट्न नसक्दा परिवारबाट नै अपहेलित हुने केही अवस्था भए पनि राजनीतिक परिवर्तन हुँदै जाँदा सम्मान र सहयोग गर्ने परिपाटीको विकास हुँदै गएको छ ।”

कोष स्थापना हुने बित्तिकै ज्येष्ठ नागरिकका लागि महत्वपूर्ण काम गर्दै आएको र शताब्दी व्यक्तित्वलाई सम्मान गर्ने काम प्रभावकारी भएको उनले बताए । कार्यक्रममा सभामुख घिमिरेले शताब्दी व्यक्तित्व मानव अधिकारवादी डा गौरीशङ्कर लाल दास, टङ्कबहादुर थापा, दोस्रो विश्व युद्ध लडेका चन्द्रबहादुर सुनुवार, इन्द्रमाया पौडेल, कृष्णथकु ग्वाछा र सानुमान शाक्यलाई  सम्मान गरेका थिए ।

पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडेलले सहज बुढ्यौली जीवनमा विगतमा भए/गरेका कुराको स्मरण गराउने र  मर्यादित जीवनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिइन् । सांसद कर्ण थापाले ज्येष्ठ नागरिकलाई कानुनी, आर्थिक, सामाजिकरूपले संरक्षण गरी प्रत्येक ज्येष्ठ नागरिकसँग भएको  ज्ञान, सीप र अनुभव लिनुपर्ने बताए । शताब्दी पुरुष गौरीशङ्कर लाल दासले संविधानमा ज्येष्ठ नागरिकलाई विशेष व्यवस्था गरिने भनिएपनि कानुन प्रभावकारी कार्यान्वयन हुन नसक्दा ज्येष्ठ नागरिकले पाउने सुविधा पाउन नसकेको अनुभव सुनाए ।

वरिष्ठ कलाकार तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका पूर्वअध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चित गर्नका लागि सरकारले बनाएको कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । नागरिकता अभावका कारणले केही ज्येष्ठ नागरिकले  वृद्धभत्ता पाउनबाट बञ्चित भएको उनले जानकारी गराए ।

एजिङ नेपालका निर्देशक प्रकाश गौतमले ज्येष्ठ नागरिकलाई सबैले माया, सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिए । कोषका सभापति वसन्तराज कार्कीले सय वर्ष पुगेका व्यक्तिलाई ‘विशिष्ट नागरिक’ घोषणा गरी विशेष सेवा दिन माग गरे । कार्यक्रममा ‘शताब्दी व्यक्तित्व’ नामक कृतिको सभामुख घिमिरेले सार्वजनिक गरेका थिए । पुस्तकमा ६१ जना शताब्दी व्यक्तित्वका बारेमा लेखिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : ११ बजे

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

काठमाडौं– सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान