सप्ताहान्त (फोटोफिचर) | Khabarhub Khabarhub

सप्ताहान्त (फोटोफिचर)


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गएका दुई हप्ता नेपालीका लागि रुनु न हाँस्नुका दिन रहे । एकातिर मुखमा आएको उज्यालो चाड तिहार अर्कातिर जाजरकोट र रुकुममा गएको बिनासकारी भूकम्पले गरेको धनजनको अपार क्षति । आखिर सबै सकिए पनि भविष्य बाँकी रहने रहेछ । धेरै रोएपछि आँसु पनि निख्रँदो रहेछ ।

पीडितहरू भत्किएका घरका भग्नावशेषमा भविष्य खोज्ने तन्मयमा छन् । कतै भित्रिएको छठसँगै छठी माईको आराधना शुरु भएको छ ।

शारदीय मौसमसँगै हिमालले गरेको आमन्त्रण साँच्चै मनमोहक छ । झुलेका सुनरुपी धानका बालाले खेत पहेँलपुर छन् । असारमा रोपेको मानो मङ्सिरमा मुरी भएर प्रकट भएको छ ।

सुन्तला र तोरीफूलले  घरबारी पहेँलपुर छन् । एक रंग अनेक आयामभित्रका दृश्य सामग्री हामीले प्रस्तुत गरेका छौँ।

जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा गरिएको दीप प्रज्वलन । युवाहरूको एक समूहले जानकी मन्दिरमा ५१ हजार दीप प्रज्वलन गरेको हो ।

काठमाडौँको हलचोकबाट देखिएको स्वयम्भूनाथ र बाक्ला घरहरूको दृश्य । 

जाजरकोटको भेरी नगरपालिका–१ मा गत कात्तिक १७ गते राति गएको भूकम्पले आफू बसेको घर भत्किएपछि पालमुनि बसेकी एक वृद्धा ।

गोरखा नगरपालिका–४ फिनामस्थित पिपलथोकमा सुन्तला टिप्दै एक किसान ।

चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदी तटीय क्षेत्रमा देखिएका मयूर ।

दाङको बङ्लाचुली गाउँपालिका–३ स्थित दाङबाङ गाउँका स्थानीयको बारीमा गरेको तोरीखेतीमा पहेँलपुर फुलेको तोरी । वरिपरि पहाडको बीचमा रहेको यस गाउँमा क्षेत्री, मगर र दलित समुदायका दुइ सय घरधुरीको सामूहिक बसोबास ।

बागलुङ बजारबाट शुक्रबार बिहान देखिएको धौलागिरि हिमाल ।

भेरी नगरपालिका–१ घुयलनेटास्थित भूकम्पबाट भत्किएको घरबाट सामान निकाल्न बेल्छेबाट माटो फाल्दै भूकम्पपीडित।

मादल बनाउँदै बागलुङ बजारका मादल व्यवसायी । पछिल्लो समय आधुनिकताले गर्दा मादल बिक्री नभएको व्यवसायीहरूको गुनासो छ ।

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको (पश्चिमढोका) प्रमुख प्रवेशद्वार र आसपासको दृश्य ।

राजविराज नगरपालिका–३ नम्बर वडा कार्यालयको अगुवाइमा छठ पर्वलाई लक्षित गरी कल्टुदास पोखरीको सरसफाइ गरिँदै । यहाँ प्रत्येक वर्ष छठ पर्व मनाइन्छ

स्थानीयले आफ्नो लगानीमा काठेपुल निर्माण गरेपछि धनुषा र सिरहा जोड्ने कमला नदीमा सर्वसाधारण आवतजावत गर्दै ।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालको पानी जम्दै । चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको हो । तस्वीरहरू : रासस

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ७ : ३७ बजे

अस्पतालमा काम गर्ने समयमा चिकित्सक उपलब्ध हुनुपर्छ : मन्त्री पौडेल

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

म्याग्दी–  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२

शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा, ८० प्रतिशत काम सम्पन्न

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान