स्वतन्त्र युवा प्रजातान्त्रीक संघद्वारा प्रेस युनियनलाई ज्याकेट सहयोग  « Khabarhub

स्वतन्त्र युवा प्रजातान्त्रीक संघद्वारा प्रेस युनियनलाई ज्याकेट सहयोग 


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र युवा प्रजातान्त्रीक संघ नेपालले नेपाल प्रेस युनियनलाई न्यानो ज्याकेट उपलब्ध गरेको छ ।

गत कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट प्रभावित दुई जिल्लाका पत्रकारहरूलाई वितरण गर्नका लागी एक सय प्रति ज्याकेट उपलब्ध गरेको हो ।

आइतबार संघको कार्यालयमा एकाध अनौपचारिक कार्यक्रमकाबीच स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालका अध्यक्ष अरविन्द महतोले नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई ज्याकेट हस्तान्तरण गरे ।

नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी महतोले संस्थामार्फत विभिन्न सहयोग तथा सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ ।

देशभरका युवाहरूलाई जोड्दै समाजमा सकारात्मक काम गर्नका लागी स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले लामो समयदेखि काम गर्दै आएको अध्यक्ष महतोले जानकारी दिए ।

उक्त संस्थाले सबै राजनीतिक दलका सकारात्मक साेच भएका युवाहरू, पत्रकार, व्यवसायी समेतलाई विभिन्न समयमा अवलोकन भ्रमण, सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्तिहरूको क्षमता विकास, ज्येष्ठ तथा विपन्न नागरिक सहयोग लगायतका कामहरू गर्दै आएको छ ।

यस पटक नेपाल प्रेस युनियन मार्फत रुकुम पूर्व र जाजरकोटका भूकम्प प्रभावित पत्रकारहरूका लागी आवश्यक न्यानो ज्याकेट उपलब्ध गराएको प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बताए।

उक्त ज्याकेटसहित केही राहत सामग्रीहरू पुसको पहिलो हप्ता जाजरकोट र रुकुम पठाउने तयारी भइरहेको नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जीवन शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १२ : ०८ बजे

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले